Birat Post शुक्रबार, फाल्गुण २३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

कोरोना भाइरस तीव्र रुपले विश्वव्यापी रुपमा फैलिरहँदा यसबारे कतिपय भ्रामक र गलत जानकारीहरुले मानिसको जनजीवन प्रभावित बन्न पुगेको छ । कोरोनाबारे यति धेरै भ्रम फैलाइयो जसका कारण बिश्वजनजीवन आतङ्कमय बनेको छ । स्वास्थ्यविद्हरुले कोरोनाको उत्पतिको मुख्य स्रोतबारे अझै खोजी गरिरहेकका छन् र यसको भ्याक्सिन बनाउने कसरतमा चीन,भारत र अमेरिकाका बैज्ञानिकहरु लागिरहेका खवर आइरहेका छन् ।
विश्व स्वास्थ्य संगठन, (डब्लुएचओ)ले यसलाई ‘इन्फोडेमिक’ को नाम नै दिइसकेको छ । यसको भ्रमबारे सबैलाई सचेत गराउन डब्लुएचोले टिकटकबाट समेत प्रचार गरिरहेको छ । सामाजिक संजाल फेसवुकबाट भने सवैभन्दा बढी भ्रामक जानकारीहरु फैलिएका छन् । नेपाल पनि भ्रामककुराबाट अछुतो रहन सकेको छैन । यही भ्रमका कारण बजारका कालोबजारी बढेको छ । सर्जिकल सहित सामान्य माक्स समेत पाउन छाडेको छ । मानिहरु हल्लाकै कारण चामल,नुन ,ग्यास र आबश्यक दवाइको जोहोमा जुटेको देखिन्छ ।

त्रासमय वातावरण सिर्जना भएको छ । यसमा सरकारका संयन्त्र समेत अतालिएको भान हुन थालेको छ । स्थानिय सरकारदेखि ,प्रदेश,संघीय सरकार समेत धमाधम बिज्ञप्ति जारी गरेर जनतामा थप त्रास भर्न उद्दत छ । सचेत बन्ने,सचेतना गराउने कुरामा राज्य संयन्त्रका प्रणालीहरु एकैठाउँमा रहेर योजना बनाउन सकिरहेका छैनन् । कोरोनाबारे बास्तविकता र भ्रम यी हुन् भनेर जनस्तरमा चेतनामुलक सुचना अझै पुगिरहेको छैन । कतिले रक्सी खादा कोरोना नलाग्ने भ्रम सिर्जना गरे । उधुमै रक्सी विक्रिबितरण बढ्यो । बेसार,अदुवा पानी खाने कुराको पनि हल्ला चल्यो । तराइक्षेत्रमा गर्मी शुरु भएको र गर्मीमा कोरोना नलाग्ने हल्ला पनि चलेको छ ,तर मानिसले हल्ला गरे जस्तो भ्रमबाट मुक्त हुन जरुरी छ । जे–जे हल्ला चल्दै गए त्यही हल्लाका पछाडी मानिसहरु लागिरहेका छन् । अनाबश्यक हल्लाले कृतिम अभाव मात्र गराउने र पूरै समुदायलाई जोखिममा पार्न सक्ने खतरा समेत बढेको छ ।

खासमा कोरोना संक्रमण हुँदा स्वासप्रस्वासमा समस्या, रुगा, खोकी, घाँटी दुख्ने, टाउको दुख्ने र ज्वरो १०४ डिग्री सम्म आउने हुन्छ भनेर बिश्वस्वास्थ्य संगठनले भनेको छ । कोरोना सक्रमणको दरभन्दा हल्लाको दरमा भारी बृद्धि भएका कारण मानिसहरुमा सामान्य रोगाखोकी लाग्दापनि त्रास बढेको पाइन्छ । सिजनल फ्लु समेत यही समयमा लाग्ने हुदा नडराउन र सचेत हुन भने चिकित्सकहरुले आग्रह गरेका छन् ।
नेपालमा हालसम्म कोरोना सक्रमण भेटिएको छैन । नेपालमा भ्रमको खेति गर्ने र कालोबजारी कारोवारीले भने लुट्ने मौका पाएका छन् । कृतिम अभाव सिर्जना गर्नेहरुलाई कारवाही र कोरोनाबारे भ्रम टुटाउन सरकारका संयन्त्रहरु सचेत बन्न आबश्यक भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
माघ ८ बाट बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’
धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्छ : मेयर कोइराला
पत्रकारलाई सम्मान गर्दै नेता सिटौलाले भने, ‘‘जनताको माझबाट गरिबी हटाउन प्रेस जगतले झकझकाउनुपर्छ”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल