एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमान्डौं,२० मंसिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही ...

विराटनगरमा कवाडी गोदाममा लागेको आगलागीमा परी दुईजनाको मृत्यु, घाइते ४ जनालाई काठमाडौँ पठाइयो

विराटनगर,२० मंसिर । विराटनगर मुख्य बजार क्षेत्रको सातघुम्तीमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परी दुईजना मृत्यु भएको छ । जसमध्ये एकजनाको पहिचान खुल्न सकेको छैन । विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने ...

एनसेलको शेयर बिक्रीबारे लेखा समितिमा आज छलफल हुने

काठमान्डौं,२० मंसिर । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-बिक्रीबारे आज छलफल गर्ने भएको छ। लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले ...

मिचाउङ सामुद्रिक आँधीको प्रभाव नेपालमा

काठमान्डौं,२० मंसिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश ...

एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको समेत मिलेमत्तो देखिन्छ : शेखर कोइराला

विराटनगर,१९ मंसिर । कांग्रेस नेता शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको समेत मिलेमत्तो रहेको आरोप लगाएका छन् । उनले अब पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने कम्पनी बिक्रीमा राजनीतिज्ञ र कर्मचारीको संलग्नता नभएको कुरा विश्वास गर्न नसकिने बताए ...

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा दायर रिट हेर्न नभ्याइनेमा

  काठमाडौं,१९ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिट हेर्न नभ्याइनेमा परेको छ । मंगलबार पूर्ण सुनुवाइका लागि न्यायाधीशद्धय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, समयअभावका कारण उक्त ...

बचतकर्तालाई अन्याय हुन दिन्नौँः अर्थमन्त्री महत

काठमान्डौं,१९ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय गर्न नसक्ने स्पष्ट पारेका छन् ।  मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्ने क्रममा अर्थमन्त्री महतले ऋण मिनाहा भनेको बचतकर्ताको बचत सकिनु भएको भन्दै उनले बचतकर्तालाई सरकारले अन्याय गर्न नसक्ने ...

न्यून पारिश्रमिकका लागिसमेत देश छोड्नुको बाद्यता दु:खद छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमान्डौं,१९ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले न्यून पारिश्रमिकका लागिसमेत देश छोड्नु पर्ने बाध्यता हटाउन सरकारलाई आग्रह गरेका छन्। मंगलबार बालक्लबका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले नेपालीहरुले न्यूनतम पारिश्रमिकका लागि विदेश गएर तल्लो स्तरको श्रम गर्न बाध्य अवस्थाको अन्त्य गर्न ...

तीन प्रदेशकाे उच्च भू-भागमा हिमपात हुने

काठमान्डौं,१८ मंसिर । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली ...

पृथ्वीनारायण शाह, जंगबहादुर र बिपीले नेपालको अस्तित्व जोगाएका हुन्ः पशुपति शमशेर

काठमान्डौं,१४ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको सर्वाभौम सत्ताको मूल ...

दुध उत्पादक कृषकका समस्या समाधान हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर,१४ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले यस क्षेत्रका पशुपालक एवं दुध उत्पादक कृषकका समस्या समाधान गरिने बताएका छन् । नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशनको ३४ औं स्थापना दिवसमा अवसरमा बिहिबार आयोजित दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको ...

विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ

विराटनगर,१४ मंसिर / सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिका कडा रुपमा प्रस्तुत भएको छ । सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउन महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमनलाई तीव्र पारेको छ । सुर्तीजन्य ...

कोशी प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित

विराटनगर,१३ मंसिर । कोशी प्रदेश सरकारको बजेट बुधबार बसेको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले पारित भएको छ । आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक पारित भएको हो । बजेटमा चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार विनियोजन गरिएको छ । ...

गृहको निर्देशन अटेर गर्दै मोरङ ट्राफिक , ओभरलोडका नाममा असुली धन्दा

विराटनगर,१२ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले औद्योगिक कच्चा पदार्थ र औद्योगिक मेसिनरी सामान बोकेको सवारी साधनलाई चेक जाँचको नाममा दु:ख दिने गरेको गुनासो व्यवसायीहरुले गरेका छन् । क्षमता भन्दा बढि (ओभरलोड) सामान बोकेको भन्दै जिल्ला ट्राफिकले चेकजाँचका नाममा ...

प्रदेश प्रहरी समायोजन टुंग्याउन गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमान्डौं,१२ मंसिर । प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा आज भएको भेटघाटमा उनीहरुले संघ अनुदार हुँदा प्रदेश सरकारले संघीयताको मर्मअनुसार काम गर्न गाह्रो परेको ...

रास्वपाको केन्द्रिय समिति र दलको बैठक आज पनि बस्दै

काठमान्डौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी रहेको छ। पहिलो पटक काठमाडौँ उपत्यका बाहिर केन्द्रिय समिति र संसदीय समितिको बैठक गरिरहेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गरिरहेको छ। सो बैठक मंसिर ११ ...

विराटनगरमा पुस ६ गतेदेखि व्यापार मेला आयोजना हुने

विराटनगर, ११ मंसिर ।  विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि,  पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ।  पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक संस्था मोरङ व्यापार संघले जनाएको ...

विभेद रहित समाज निर्माण गर्न महिलाहरु अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर, ११ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताएका छन् । मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा सोमबार आयोजित प्रदेशस्तरीय महिलावादी मञ्च–२०८० सम्मेलनको उद्घाटन गर्दै उनले महिलालाई तालीम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक ...

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले सन्यास लिए सबै ठीक हुन्छः अमरेश सिंह

काठमाडौं, ११ मंसिर । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दाबी गरेका छन् । नेपालका पौने तीन करोड जनता गणतन्त्रको पक्षमा रहेका उनको दाबी छ । उनले मुट्ठीभरका ५/१० हजार राजावादीले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा ...

नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन

काठमाडौं,१० मंसिर । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै केही महिनादेखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ । २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ ।

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल