महेन्द्र मावि विराटनगर-८ ले अग्रेजी माध्यमबाट पढाई सुरु गर्दै

विराटनगर,२७ चैत । महेन्द्र माध्यमिक विद्यालय विराटनगर-८ ले यहीं शैक्षिक सत्र बाट अग्रेजी माध्यमबाट पढाई सुरु गर्ने भएको छ । मधुमारा गहेलीमा रहेको विद्यालयले कक्षा ४ देखी कक्षा ९ सम्म अग्रेजी माध्यममा पढाई सुरु गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...

विराटनगर महानगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक

विराटनगर ,२७ चैत / विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ...

नयाँ वर्षबाट विराटनगरका सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाइने

विराटनगर,२७ चैत । नयाँ वर्षबाट विराटनगरका सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाइने भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने गरी तयारी भइरहेको जानकारी दिए । सोमबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ...

महानगरका कर्मचारीलाई सार्वजनिक खरिदसम्बन्धी तालिम

विराटनगर,२५ चैत / विराटनगर महानगरपालिकामा कार्यरत कर्मचारीहरूका लागि सार्वजनिक खरिद तथा करार व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको छ । चार दिनसम्म सञ्चालन हुने तालिमको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । कर्मचारीहरूलाई तालिममार्फत पुनर्ताजकी गराउँदै लग्ने महानगरको उद्देश्यअनुसार चार ...

विराटनगरमा नेपाली बेहुली जुत्ता बनाउने तालिम दिइदै

विराटनगर,२४ चैत । विराटनगर वडा न.८ का महिलाहरुलाई नेपाली बेहुली जुत्ता चप्पल बनाउने सीपमूलक तालिम दिन थालिएको छ । अम्बे मुरारी सेवा केन्द्रद्धारा आयोजित १५ दिने तालिममा वडाका ३० जना महिलाहरु सहभागी रहेका छन् । घरेलु सामानको माध्यमबाट बेहुली जुत्ता ...

नो-पार्किङका विषयमा मोरङ व्यापार संघले मुख खोल्यो

विराटनगर,२२ चैत । मोरङ व्यापार संघले नो-पार्किङ र यसवाट उत्पन्न परिस्थितीका विषयमा बुधबार विज्ञप्ति जारी गरी संस्थागत धारणा सार्वजनिक गरेको छ । विज्ञप्तिमा भनिएको छ ” पूर्वी नेपाल एवं कोशी प्रदेशको सबै भन्दा पुरानो शहर तथा ऐतिहासिक औद्योगिक एवं व्यवसायिक ...

विराटनगरको पार्किङलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय

विराटनगर,२० चैत / विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई व्यवस्थित गर्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका ...

श्रीकृष्ण गौ सदनको मलमूत्र सिधै नालामा

विराटनगर,१४ चैत / विराटनगर रोडशेषस्थित श्रीकृष्ण गौ सदनले शौचालयको मलमूत्र सिधै नालीमा मिसाएको पाइएको छ । महानगरको सरसफाई टोलीले नाला सफा गर्ने क्रममा शौचालयको मलमूत्र नालीमा मिसाइएको भेटिएको हो । सरसफाई शाखा प्रमुख पुनम दाहालले महानगरले ५ सयदेखि ५० हजार ...

पार्किङ व्यवस्थापनमा महानगर सक्रिय

  विराटनगर,१२ चैत / मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ...

सवा ६ करोडको लागतमा मठापोखरीको सौन्दर्यकरणको काम सुरु

विराटनगर,५ चैत/ विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजनाहरू अघि सारेको छ । उत्तरीभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो । केही हप्ताअघि वडा नम्बर १४ स्थित रानीपोखरीमा ...

बसन्त हुमागाइको नेतृत्वमा संघर्ष समिति ,पुष्पलाल चोक छेउको पुल यथाशीघ्र बनाउन माग

विराटनगर,४ चैत । पुल निर्माण कम्पनीको लापर्बाहीका कारण पुल आवतजावत गर्ने ठाउँनै भत्किएको भन्दै पुष्पलाल चोक घिनाघाट विराटचोक सडक खण्ड अन्तरगतका स्थानियहरु आन्दोलित भएका छन् । स्थानिय बसन्त हुमागाइको संयोजकत्वमा २५ जना सदस्य रहेको संघर्ष समिति गठन गरेर स्थानियहरु आन्दोलनमा ...

लायन्स क्लबको आयोजनामा नि:शुल्क आँखा शिविर

विराटनगर,२९ फागुन/ लायन्स क्लब अफ विराटनगरले मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनुवारीमा नि:शुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । लायन्स क्लब अफ विराटनगर, लियो क्लब अफ विराटनगर र बूढीगंगा गाउँपालिकाको ...

महानगरभित्र भौतिक विकासका लागि समन्वय गर्न समिति गठन

विराटनगर,२९ फागुन / विराटनगर महानगरपालिकाभित्र हुने भौतिक संरचनाको विकासमा समन्वय गर्न समिति गठन गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुखको संयोजकत्वमा विराटनगरभित्र रहेका संघीय र प्रदेश सरकार माताहत रहेका भौतिक विकाससँग सम्बन्धित कार्यालयका प्रमुख सदस्य रहने गरी समिति गठन गरेको हो ...

महानगरको एकीकृत स्वास्थ्य शिविरमा ४ हजार बढीको परीक्षण

विराटनगर,२९ फागुन / विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा ४ हजारभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । गत माघ २९ गतेदेखि सुरु भएको एक महिने शिविरमा ४ हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले ...

खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न मेयर कोइरालाको पहल

विराटनगर,१९ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गरेका हुन् । विराटनगरको ...

जनगुनासो सुन्ने र समाधान गर्ने कार्यमा उपमेयर शिल्पा कार्की क्रियाशिल

विराटनगर,१८ फागुन । जनप्रतिनिधिहरुले जनताका गुनासा सुनिदिए भने मात्रैपनि आशाको किरण बल्छ । यही र यस्तै कुरालाई आत्म साथ गर्दै विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले जनगुनासो सुन्ने र समाधान गर्ने कार्यमा क्रियाशिल देखिन्छिन् । बजारमा रहेका विभिन्न उपभोग्य वस्तुहरुको ...

कोशी बहिरा संघलाई सहयोग गर्ने स्थानियतहका जनप्रतिनिधिहरुको प्रतिबद्धता

  स्वस्तिका पोखरेल विराटनगर,१७ फागुन । बहिरा तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघलाई स्थानिय तहका जनप्रतिनिधिहरुले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघले बहिरा तथा अपाङ्गताको क्षेत्रमा सयौ काम गर्दै आएको छ । संघले गरेका ...

विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र

विराटनगर,१६ फागुन / विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा ...

१४ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

काठमान्डौं,१६ फागुन । सरकारले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयबाट सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो । कालो सूचीमा राख्नु नपर्ने कारणसहित ...

नगरप्रहरीलाई इलेक्ट्रिक साइकल

विराटनगर,९ फागुन । विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको जनाएको छ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल