विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोडकाे बजेट

विराटनगर ,असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । महानगरको १२ औं नगरसभामा आइतबार उपप्रमुख शिल्पा कार्कीले बजेट सार्वजनिक गरेकी हुन् । बजेटको स्रोत व्यवस्थापनमध्ये संघीय सरकार ...

राज्यले गर्ने धेरै काम गैरसरकारी संस्थाहरुले गरिरहेका छन् : मेयर कोइराला

विराटनगर,७ असार/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राज्यले गर्ने धेरै कामहरु गैरसरकारी संघसंस्थाहरुले गरिरहेको बताएका छन् । ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य संयन्त्र नपुगेको ठाउँमा पुगेर गैरसरकारी संस्थाहरुले काम गरिरहेको उल्लेख ...

कटहरी गाउँपालिकाद्धारा ५५ करोड ४९ लाखको बजेट प्रस्तुत

  विराटनगर,७ असार । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा ...

बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण

विराटनगर,४ असार / गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ । महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो ...

घर-घरमा वृक्षारोपण गर्न मेयर कोइरालाको आग्रह

विराटनगर,२२ जेठ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक घरमा वृक्षारोपण गर्न आग्रह गरेका छन् । ५० औं विश्व वातावरण दिवसका अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगर र विभिन्न संस्थाको सहकार्यमा विराटनगर महानगरपालिकाको वातावरण शाखाले आयोजना गरेको छुट्टटाछुट्टै कार्यक्रमलाई सम्बोधन ...

मेयर कोइरालाद्वारा विराट राजाको दरबार क्षेत्रमा निर्माणाधीन संरचनाको अनुगमन

विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन् । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिए । चालु ...

गर्मी बढेपछि विराटनगरका विद्यालय विदा दिने महानगरको निर्णय

विराटनगर ,१७ जेठ / विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर ...

मेयर कोइरालाद्वारा नाला र पैनी सरसफाईको निरीक्षण

विराटनगर,१२ जेठ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्र रहेका नाला र पैनीमा भइरहेको सरसफाईको निरीक्षण गरेका छन् । सफाई शाखा प्रमुख पुनमकुमार दाहाल, सरसफाई सुपरभाइजर किरण न्यौपाने, महानगर प्रहरीका प्रमुख राजन पौडेल र सरसफाई साझेदार संस्थाका प्रमुखसहित पुगेका ...

महानगर टोलीद्वारा मासु पसलको अनुगमन

विराटनगर,३ बैशाख / विराटनगर महानगरपालिकाले मासु पसलको अनुगमनलाई तीव्र पारेको छ । महानगरवासीलाई सफा र स्वच्छ मासु सेवन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ महानगरको टोलीले बजार अनुगमनलाई तीव्रता दिएको हो । महानगरभित्र सञ्चालित सबै मासु पसलको अनुगमन गर्ने योजनाअनुसार ...

प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई स्वागत गर्दै कोइरालाको विदाई

विराटनगर,२ बैशाख / सरुवा भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ । आज औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला ...

धर्म,संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक : मेयर कोइराला

विराटनगर, ३१ वैशाख ।  विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति  संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् । श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बत्र लागेको चार कोठे ...

लैंगिकमैत्री बजेट बनाउनुपर्नेमा सरोकारवालाको जोड

विराटनगर,२६ बैशाख / विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट लैंगिकमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्ने वक्ताहरुले महानगरले बनाउने बजेट लैंगिकमन्त्री हुनुपर्नेमा जोड दिएका हुन् । युएनएपीए, आइपास नेपाल र भिएसओको ...

मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको फेला

विराटनगर,२६ बैशाख / विराटनगरका कतिपय मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोली मंगलबार विराटनगर ८, ९ ...

विराटनगर महानगर मातहतका सवै कार्यालयमा ई–हाजिरी अनिवार्य

विराटनगर,१९ बैशाख/ विराटनगर महानगरपालिकाले ई–हाजिरीलाई अनिवार्य प्रयोगमा ल्याउने भएको छ । यसका लागि ६ दिने तालिम मंगलबारदेखि सुरु गरिएको छ ।  तालिममा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव, फोकल पर्सन र आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारीको सहभागिता रहेको ...

उपमेयर कार्कीद्वारा विराटनगरको विकासमा मुख्यमन्त्रीको ध्यानाकर्षण

विराटनगर,१७ बैशाख / विराटनगर महानगरपालिकाकी उप मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । प्रदेश सरकार आगामी आर्थिक २०८०÷०८१ को बजेट निर्माणमा जुटेको छ । विराटनगर कोशी ...

अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण महानगरको प्राथमिकतामा : मेयर कोइराला

विराटनगर,१८ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकहरूको अभिलेखीकरण महानगरको उच्च प्राथमिकतामा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मेयर कोइरालाले अनौपचारिक क्षेत्रमा थुप्रै श्रमिक आबद्ध रहेकाले उनीहरूको अभिलेखीकरण गर्नु आवश्यक रहेको ...

पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर

विराटनगर,१७ बैशाख / नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरेका ...

विराटनगरमा शुक्रबार देखि खुल्ला रुपमा माछामासुको बिक्री र वधमा रोक

विराटनगर,१४ बैशाख/ विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश ...

कार्यविधि र नियमावली बनाएर स्थानिय प्रज्ञा प्रतिष्ठान गठन गछौं : मेयर कोइराला

विराटनगर,१० बैशाख / विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको बताउनु भएको छ । विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको विकासलाई ...

महानगरद्वारा लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारी खारेजी

विराटनगर,१० बैशाख/ विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल