विराटनगर,२२ साउन / विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ । डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेको हो । सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित ...
विराटनगर,१९ साउन । विराटनगर महानगरपालिका वडा नं. ५ ले डेंगु रोकथाम र नियन्त्रणका लागि अभियान थालेको छ । लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुरु गरेको वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सरसफाई र स्वास्थ्यका ...
विराटनगर,१६ साउन / सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ । यही अगस्त ४ देखि भारतो हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको एक समारोहका बीच महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले ...
विराटनगर,१६ साउन । बढ्दो डेंगु संक्रमण समाधानका लागि विराटनगर महानगरपालिका तयारीमा जुटेको छ । स्वास्थ्य महाशाखा अन्तरगतका स्वास्थ्यकर्मीलाई टोल टोलमा परिचालन गरिएको छ । डेंगु हुन सक्ने सम्भावित स्थानको खोजी गर्दै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सरसफाइमा कार्यरत कर्मचारी र ...
काठमाडौं, १५ साउन । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ । सरकारी निवासमा अनैतिक गतिविधिमा रहेको भिडियो सार्वजनिक भएपछि विवादमा आएका निरौलालाई हाजिर हुन मन्त्रालयले ...
विराटनगर,१५ साउन । विराटनगरमा आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस)का बिरामी बढ्दै गएका छन्। चर्को गर्मी याम, धुलो धुवाँसँगै मानिसको आँखा पाक्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयलाई सचेत रहन आग्रह गरेको छ। विद्यालयमा विद्यार्थीबीच यसले प्रभाव बनाउँदै लगेको बताएका महानगरका स्वाथ्य ...
विराटनगर,९ साउन / जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरुले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गर्नुभयो । उहाँले ...
विराटनगर,१ साउन / स्थानीय बजार प्रवद्र्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्सार ...
विराटनगर,२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। तनहुँको चुँदी रम्घामा जन्मिएका धनञ्जय ...
विराटनगर,२८ असार / विभिन्न अभियान जारी राखेको विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान पनि साथै अगाडि बढाएको छ । अभियानअन्तर्गत महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीव्रता दिनुभएको छ । दुईदिन अघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गर्नुभएका ...
विराटनगर,२६ असार / विराटनगरको व्यापार प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोडसमेत निकालेका छन् । त्यसका लागि सबैले आ–आफ्नो ...
विराटनगर,२४ असार / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ । विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक ...
विराटनगर ,असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । महानगरको १२ औं नगरसभामा आइतबार उपप्रमुख शिल्पा कार्कीले बजेट सार्वजनिक गरेकी हुन् । बजेटको स्रोत व्यवस्थापनमध्ये संघीय सरकार ...
विराटनगर,७ असार/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राज्यले गर्ने धेरै कामहरु गैरसरकारी संघसंस्थाहरुले गरिरहेको बताएका छन् । ३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य संयन्त्र नपुगेको ठाउँमा पुगेर गैरसरकारी संस्थाहरुले काम गरिरहेको उल्लेख ...
विराटनगर,७ असार । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा ...
विराटनगर,४ असार / गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ । महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो ...
विराटनगर,२२ जेठ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक घरमा वृक्षारोपण गर्न आग्रह गरेका छन् । ५० औं विश्व वातावरण दिवसका अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगर र विभिन्न संस्थाको सहकार्यमा विराटनगर महानगरपालिकाको वातावरण शाखाले आयोजना गरेको छुट्टटाछुट्टै कार्यक्रमलाई सम्बोधन ...
विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन् । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिए । चालु ...
विराटनगर ,१७ जेठ / विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर ...
विराटनगर,१२ जेठ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्र रहेका नाला र पैनीमा भइरहेको सरसफाईको निरीक्षण गरेका छन् । सफाई शाखा प्रमुख पुनमकुमार दाहाल, सरसफाई सुपरभाइजर किरण न्यौपाने, महानगर प्रहरीका प्रमुख राजन पौडेल र सरसफाई साझेदार संस्थाका प्रमुखसहित पुगेका ...