विराटनगर महानगरद्वारा स्वास्थ्यतर्फको वार्षिक समीक्षा

विराटनगर,१८ असोज / विराटनगर महानगरपालिकाले स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न गरेको छ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा गत आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्यतर्फ वार्षिक समीक्षा सम्पन्न भएको हो । कार्यबाहक मेयर कार्कीले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ...

आयुर्वेद चिकित्सामा आकर्षण : जिल्ला आयुर्वेदिक स्वास्थ्यकेन्द्र मोरङमा बिरामीको चाप

विराटनगर,१६ असोज । जिल्ला आयुर्वेदिक स्वास्थ्यकेन्द्र मोरङ विराटनगरमा सेवा लिने सेवाग्राहीको सख्या बढ्न थालेको छ । विराटनगर स्थित सोमबारे हाट तिनपैनी नजिक रहेको केन्द्रले दिने सेवा गुणस्तरीय भएपछि सेवाग्राहीको आकर्षण बढेको हो । केन्द्रमा ओपिडि ,आइपिडि, ल्याव ,सर्जरी ,पन्चकर्म ,होमियोप्याथी ...

विराटनगर महानगरपालिकाद्वारा एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन

विराटनगर,५ असोज / विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक ...

स्वास्थ्य सचिव पोखरेललाई भएको चाहिं के हो ?

विराटनगर,३ असोज । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल सामाजिक सन्जाल फेसवुकमा छाएका छन् । विशेषत विराटनगरका फेसवुक प्रयोगकर्ताहरुले पोखरेललाई सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यद्यपी पोखरेललाई भएको चाही के हो भन्ने कसैले लेखेका छैनन् ...

१०३ थरि एन्टिबायोटिक औषधि प्रयोग नगर्न सरकारको निर्देशन

काठमाडौँ ,२ असोज । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ। औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा ...

भद्रपुरमा ओम साई पाथीभरा अस्पतालले सेवा विस्तार गर्ने

भद्रपुर, २० भदौ । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि थप सेवा बिस्तारको तयारी गरेको छ । अस्पतालले आगामी असोज १ गतेबाट १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्ड थप गर्ने तयारी गरेको अस्पतालका सञ्चालक ...

विराटनगरमा “सन टु हुमन फाउण्डेसन” को नयाँ दृष्टिकोण शिविर

विराटनगर,१२ भदौ । सन टु हुमन फाउण्डेसनले विराटनगरमा नयाँ दृष्टिकोण वाला शिविरको आयोजना गरेको छ । विराटनगरको सिटी प्यालेसमा आयोजित शिविर मंगलबार बाट शुरु भएको छ । तीनदिन सम्म चल्ने यो शिविरमा विराटनगरका ६ सय जना मानिसहरुको सहभागिता रहेको छ ...

अम्बे मुरारी सेवा केन्द्र र सन्जिवनी आइकेयरद्धारा आँखा जाच

विराटनगर,११ भदौ । अम्बे मुरारी सेवा केन्द्र र सन्जिवनी आइकेयर सेन्टरको सयुक्त आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विराटनगर वडा नं.८ स्थित शुसिक्षा आधारभुत विद्यालयका विद्यार्थीहरुको आँखा जाँच गरिएको हो । शिविरमा ३ सय ५० जना ...

उदयपुरको त्रियुगामा डेङ्गु र आँखा पाक्ने रोगको प्रकोप

उदयपुर, ३० साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाक्ने  रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको ...

देशभर डेङ्गुको सङ्क्रमण बढ्यो

काठमान्डौं,३० साउन । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्। डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। ...

विराटनगर महानगरले थाल्यो डेंगुको नि:शुल्क परीक्षण

विराटनगर,२३ साउन / विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको नि:शुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट नि:शुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट नि:शुल्क परीक्षण ...

डेंगु भयावहरुपमा आए कोभिड अस्पतालहरु प्रयोगमा ल्याइन्छ : मुख्यमन्त्री थापा

विराटनगर,२२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा डेंगु नियन्त्रण बाहिर जाने स्थिति आए कोभिड अस्पतालहरुलाई प्रयोगमा ल्याइने बताएका छन् । यसका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको थापाले बताए । कोभिड महामारी हटेसंगै कोभिड अस्पताल र केन्द्रहरु बन्द अवस्थामा ...

डेंगुको परीक्षण गर्दा अधिकतम ६ रुपैयाँभन्दा बढी लिन नपाइने

विराटनगर,२२ साउन / विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ । डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेको हो । सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित ...

धरानमा डेंगुबाट थप एक जनाको मृत्यु

धरान,२१ साउन । धरान उपमहानगरपालिकामा डेंगुबाट थप एक जनाको मृत्यु भएको छ। यो सँगै डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। धरान उपमहानगरपालिकाका महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु ...

डेंगु रोकथाम र नियन्त्रणका लागि विराटनगर वडा नं.५ सक्रिय

विराटनगर,१९ साउन । विराटनगर महानगरपालिका वडा नं. ५ ले डेंगु रोकथाम र नियन्त्रणका लागि अभियान थालेको छ । लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुरु गरेको वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सरसफाई र स्वास्थ्यका ...

डेंगु संक्रमण समाधानका लागि जुट्यो विराटनगर महानगर

विराटनगर,१६ साउन । बढ्दो डेंगु संक्रमण समाधानका लागि विराटनगर महानगरपालिका तयारीमा जुटेको छ । स्वास्थ्य महाशाखा अन्तरगतका स्वास्थ्यकर्मीलाई टोल टोलमा परिचालन गरिएको छ । डेंगु हुन सक्ने सम्भावित स्थानको खोजी गर्दै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सरसफाइमा कार्यरत कर्मचारी र ...

विराटनगरमा आँखा पाक्ने रोगका बिरामी बढ्दो , सचेत रहन आग्रह

विराटनगर,१५ साउन । विराटनगरमा आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस)का बिरामी बढ्दै गएका छन्। चर्को गर्मी याम, धुलो धुवाँसँगै मानिसको आँखा पाक्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयलाई सचेत रहन आग्रह गरेको छ। विद्यालयमा विद्यार्थीबीच यसले प्रभाव बनाउँदै लगेको बताएका महानगरका स्वाथ्य ...

संघीय अस्पतालका सबै शय्या निःशुल्क बनाइन्छः मन्त्री बस्नेत

काठमान्डौं,२३ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन्। सेवामूलक गैरसरकारी संस्था विजेन नेपाल नवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री ...

सर्पबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमान्डौं,१६ असार ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले विषालु सर्पबाट जोगिन आग्रह गरेका छन्। राति हिँड्नुपरे टर्च लाइट लिएर ...

केएमसीले भित्रायो अत्याधुनिक ६४ च्यानलको थ्री तेस्ला एमआरआई

  काठमाडौं, १८ जेठ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००/६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहिबारबाट प्रयोगमा ल्याएको हो । नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा थिए ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल