कांग्रेस कार्यसम्पादन समितिको बैठक मंसिर २९ गते बस्ने

विराटनगर,२५ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २९ गते बस्ने भएको छ । मङ्सिर २९ शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य ...

एनसेल प्रकरण: छलफलका लागि प्रधानन्त्रीलाई बोलाउने राज्य व्यवस्था समितिको निर्णय

काठमाडौं,२२ मंसिर । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले २५ मंसिरमा प्रधानमन्त्री प्रचण्डलाई समितिमा बोलाएर छलफल गर्ने निर्णय ...

व्यवस्था परिवर्तनका लागि जनदबाब सिर्जना गर्छौंः राजेन्द्र लिङ्देन

काठमान्डौं,२१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक संकटग्रस्त बन्दै गएको भन्दै अब परिवर्तनका लागि व्यापक जनदबाब सिर्जना गरिने बताएका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले संविधानले नै काम गर्न नसक्ने ...

भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने थियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ,९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ...

एमालेमा ६ केन्द्रीय सदस्यको पद रिक्त

काठमाडौं,२२ कार्तिक । नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । बुधबार बसेको एमाले सचिवालयको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा रिक्त रहेका ६ जना केन्द्रीय सदस्यको बारेमा जानकारी गराएका हुन् । ज्ञवालीका अनुसार एमालेमा विनोद ढकाल, कैलाश ...

कोशी प्रदेश विगत ३ महिनादेखि सभामुखविहीन

विराटनगर,२० कात्तिक । कोशी प्रदेशसभा विगत तीन महिनादेखि सभामुखविहीन रहँदै आएको छ। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएयता नेकपा एमालेतर्फबाट उपसभामुख सृजना दनुवारले सभा सञ्चालन गर्दै आएकी छन्। ‍आज प्रदेशसभाको चौथो अधिवेशनको चौंथो बैठक साेमबार बस्दैछ। विराटनगरस्थित प्रदेशसभा भवनमा आज ...

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

काठमाडौँ ,३ कात्तिक । नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। विसं २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत ...

मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन : एमाले नेता कार्की

विराटनगर,१ कात्तिक । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने बताएका छन् । विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा मंगलबार भएको छलफलमा कार्कीले आफूहरुको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् भन्ने चाहेको ...

मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

विराटनगर,१ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो । एक जना भने अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीलाई ...

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर,१ कात्तिक ।   कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिँदैछन्। असोज २८ गते घटस्थापनाका दिन मुख्यमन्त्रीको शपथग्रहण गरेका कार्कीले तीन दिनपछि आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बहुमत पुर्‍याएर ...

को बन्ला अव कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता ?

विराटनगर,२७ असोज । नैतिकताको आधार देखाउदै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापाले पदबाट शनिबार राजीनामा दिएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् । ‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट ...

एक वर्ष पनि नबित्दै प्रदेश सरकार मध्यावधितर्फ जानेछ: पूर्वमुख्यमन्त्री कार्की

विराटनगर ,२२ असोज । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक वर्ष पनि नबित्दै प्रदेश सरकार मध्यावधितर्फ जाने बताएका छन्। नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले प्रदेश प्रमुखले दिएको समयसीमामा नयाँ सरकार बनाउनेतर्फ सबैको ध्यान रहेको प्रस्टाएका हुन्। ...

कोशीमा उपधारा ५ को मुख्यमन्त्रीमा आङ्बोको दाबी

विराटनगर,२० असोज । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै कोशी प्रदेशको अबको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी गरेका छन् । नेपाली कांग्रेसलाई मुख्यमन्त्रीको लागि आफूहरुले दुई–दुई पटक समर्थन गरेपछि सरकार टिकाउन नसकेकोले अब माओवादीले सरकारको नेतृत्व ...

किस्तीमा भोट छ,लाउ भन्दै राप्रपा हिड्दैन : नेता भक्ति सिटौला

विराटनगर ,१५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले किस्तीमा भोट छ,लाउ भन्दै नहिड्ने बताएका छन् । उनले कांग्रेस र गठवन्धन दलका नेताहरु संग झुकेर राप्रपाले मित्रता नगर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आइतबार ...

कोशीमा एमाले अधिवेशन : अध्यक्ष ओलीले भने सर्वसम्मत गर्नु नभए केन्द्रीय संकेत बुझ्नू

विराटनगर,१२ असोज । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्र आन्तरिक एकतामा वृद्धि हुने भन्दै ओलीले सर्वसम्मतिमा जोड दिएका हुन् । निर्वाचन हुने स्थिति ...

कांग्रेस केन्द्रीय समिति बैठक : सरकारको आलोचना गर्दै कडारुपमा प्रस्तुत भए पराजुली

विराटनगर,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनामा सरकारमा सम्मिलित नेताहरूको धारणा माग गरेका छन् । आइतबार बसेको जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । बैठकमा कडारुपमा प्रस्तुत ...

सरकार परिवर्तनको चर्चाबारे सभापतिसंग किन जवाफ मागिन् संग्रौलाले

काठमाडौँ ,५ असोज । कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले सरकार परिवर्तनको चर्चा भएरहेको भन्दै सभापतिसँग जवाफ मागेकी छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा उनले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्, ‘अहिले फेरि सरकार परिवर्तन, मन्त्रीहरु हेरफेर जस्ता कुराहरु आइरहेका ...

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमान्डौं,४ असोज । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। आजको बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा साउन २०(३० सम्म भएको ...

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चेतावनी : धेरै फुर-फुर नगरौं ,आन्दोलन कसरी गर्नुपर्छ हामी देखाउछौँ

काठमान्डौं,२५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् । ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहान्छु, ...

विपीको १०९औं जन्मजयन्तीमा मोरङ कांग्रेसले गर्‍यो विचार गोष्ठी

विराटनगर,२४ भदौ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)को १०९औं जन्मजयन्तीको अवसरमा मोरङ कांग्रेसले विचार गोष्ठी सम्पन्न गरेको छ । मोरङको विपी सेवाकेन्द्र सुनवर्षी डाइनियामा सम्पन्न कार्यक्रममा जिल्ला तथा स्थानिय नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली काग्रेसका केन्द्रीय सदस्य ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल