दिलीप अग्रवाल विराटनगर,२ जेठ । मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत रंगेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएको छ । दिनप्रतिदिन रंगेली अस्पतालमा बिरामीहरुलाई जेव्राक्रसिङ बाट आवतजावत गर्न सहज होस् र सडक दुर्घटना समेत कम होस् भन्ने उदेश्यका साथ जेव्राक्रसिङ बनाईएको हो ...
विराटनगर,२ जेठ/ नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको ...
विराटनगर, २ जेठ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याउदैछ । एनबीएससीले जेठ २ गतेबाट मैन रोड विराटनगर सेन्ट्रल मल अगाडि आफ्नो तेस्रो शाखा विस्तार गर्न लाग्दैछ । जेठ महिनाभरी एनबीएससीले हरेक ...
विराटनगर,१ जेठ । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आगामी जेठ ४ र ५ गते काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । मारवाडी समुदायका युवाहरुमा खेलकुद सम्वन्धी शिप एवम् प्रतिभा भएका युवाहरुलाई व्यक्तित्व निर्माण ...
विराटनगर,३१बैशाख / विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् । विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सोमबार आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य ...
काठमाडौँ ,३० बैशाख । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । ...
विराटनगर,३० बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका सदस्य तथा समाजसेवी देवकीनन्दन अग्रवालले विद्यार्थीलाई गर्मिमा प्रयोग गरिने गरी विद्यालय पोषाक वितरण गरेका छन् । विराटनगर १२ मा रहेको बखरी निम्न माविका २२० विद्यार्थीलाई अग्रवालले पोषाक वितरण गरेका हुन् । पोषाक ...
विराटनगर,२९ बैशाख । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले ...
विराटनगर २९ बैशाख । नेपालमा बाँझोपन सम्वन्धी समस्या बढ्दै गएको पाईएको छ । नेपालमा बाँझोपन सम्वन्धी एकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रुपमा रहेको सरोकारवालाहरुको भनाई छ । चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक ...
विराटनगर,२८ बैशाख । नेपाल मारवाडी ब्राह्मण समाज विराटनगरले भगवान् परशुराम जयन्ती मनाएको छ । शुक्रबार विराटनगरमा विशेष धार्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । आचार्य रामानुज स्वामीले भगवान् परशुरामका विषयमा केन्द्रीत रहेर प्रवचन समेत गरेका थिए । यस्तै ...
विराटनगर,,२८ बैशाख । विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा दुईदिने विराट वाङ्मय उत्सव सुरु भएको छ । उत्सवको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु ...
विराटनगर,२८ वैशाख । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासको लागि सबैदलहरुलाई साथमा लिएर हिड्ने वताएका छन् । शपथ ग्रहण पछि पहिलोपटक सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकोले सबैदलसँग सहकार्य गरि आगाडि वढ्ने ...
विराटनगर,२७ बैशाख। मोरङको बूढीगंगा गाउँपालिका–६ घर भएका एक जना बालकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । बूढीगंगा–६ सखुवा टोलका रामप्रकाश चौधरीका छोरा १० वर्षीय जयप्रकाश चौधरीको बूढीखोला किनारमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले ...
विराटनगर२५ बैशाख । पछिल्लो समय तराइका क्षेत्रमा बढेको तापमान बृद्धीका विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ । मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर नेपाल रेडक्रस सोसाइटी र विराटनगर महानगरले हिट एक्सन प्लानको अवधारणा तय ...
विराटनगर, २४ वैशाख । चतरामा जारी बाह्र वर्षे महाकुम्भ मेलामा आउने तिर्थालुलाई विराटनगर भन्सार एजेण्ट संघले शनिबार नि:शुल्क भोजनग्रहण गराएको छ । एक दिने सो कार्यक्रममा करिब ८ सय जना तिर्थालुले भोजनग्रहण गरेको संघका सचिव अनिष खनालले जनाकारी दिएका छन् ...
विराटनगर,२३ बैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण ...
विराटनगर,२३ बैशाख । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्राली (ब्रोकर नं १९)ले पूँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ । शुक्रबार उदयपुरको गाईघाटमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी पूँजीबजारको संभावना र चुनौतिका विषयमा जानकारी गराएको हो । संस्थागत सामाजिक ...
विराटनगर,२२ बैशाख । “२०८० सालको महाभीम पुरस्कार अरुणोदय उच्च माध्यमिक विद्यालय चरम्बी (भोजपुर) लाई” महाभीम स्मृति कोषबाट प्रदान गरिने -२०८० सालको महाभीम धर्म, संस्कृति एवम् समाज सेवा पुरस्कार (दोस्रो) अरुणोदय उच्च माध्यमिक विद्यालय चरम्बी (भोजपुर), अरुण-४ लाई प्रदान गरिएको छ ...
काठमाडौं,२२ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज ...
विराटनगर,२१ बैशाख । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा गत फागुन ११ गते देखि संचालन भएको ५६ दिने रेडियो अपरेटर ग्रेड थ्रीतालिम ११ औं समूहको तालिम समापन भएको छ । कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ...