रामनवमी र चैते दशै एकसाथ हिन्दु धर्मावलम्बीहरुले मनाउँदै

विराटनगर,१६ चैत । आज रामनवमी र चैते दशै एकसाथ हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ भने देवी मन्दिरहरुमा धार्मिक अनुष्ठान भइरहेका छन् ...

आज चैते दशै ,शक्तिपिठहरुमा विशेष पूजा अर्चना हुदै

विराटनगर,१५ चैत । हिन्दू धर्मावलम्वीहरु बुधबार घर घरमा तथा शक्तिपीठहरुमा दुर्गा भवानीको पूजाआजा गरी चैते दशै मनाउँदैछन् । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते दशैंको रुपमा मनाउने गर्दछन् । चैत प्रतिपदाका दिनदेखि सुरू हुने चैत्र नवदुर्गाको आठौं दिन ...

तराइका जिल्लाहरुमा छठ पर्व मनाइँदै

विराटनगर,१३ चैत । तराइका जिल्लाहरुमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैते छठ पर्व मनाइँदै छ । यसलाई वासन्ती छठ पनि भनिन्छ । चैते दशै जस्तै छठ पर्व पनि चैतमा पनि मनाइन्छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने ...

श्रीराम कथा नवाह महोत्सव विराटनगरमा सुरु

विराटनगर,८ चैत । श्रीहरि सत्संग समिति नेपालको आयोजनामा श्री राम कथा नवाह महोत्सव विराटनगरमा सुरु भएको छ । कार्यक्रमको धार्मिक व्यक्तित्व तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले उद्घाटन गरेका छन् । विराटनगर ३ स्थित परोपकार सामुदायीक भवनको सभाहलमा शुरु भएको ...

हिन्दु विश्वविद्यालय बनाउन डा.जगमान गुरुङको नेतृत्वमा समिति गठन

काठमान्डौं,३ चैत । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ । समितिको सदस्यमा प्रा.डा.रामचन्द्र गौतम, प्रा. चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा.घनश्याम खतिवडा रहेका छन्। ...

रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक

  काठमाडौँ ,१५ फागुन । गायिका रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” देवीको भजन (फिमेल भर्जन) सार्वजनिक भएको छ । यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रहेको सार्वजनिक रहेको थियो । सुरेश चन्द्र दाहालको शब्द, डा।भवानी शंखर भट्टराईको श्लोक ...

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमान्डौं,८ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन्। संस्थानले बिहीबार र शुक्रबारसमेत साधुसन्तलाई ...

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान

काठमान्डौं,६ फाल्गुन । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ । केन्द्रले १२ शिवलिङ्ग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिवशक्तिको महिमालाई वर्णन गरिएको हो । आत्म, परात्म, सृष्टिको चक्र, मनुष्यका कर्म, कर्तव्यका साथै जीवनमा ...

शिवरात्रिको अवसरमा ब्रह्माकुमारी राजयोग विराटनगरको शान्ति पदयात्रा

विराटनगर,५ फाल्गुन । महाशिवरात्रिको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले शान्ति पदयात्रा कार्यक्रम सम्पन्न  गरेको छ ।  कार्यक्रममा प्रदेश  सांसद तथा धार्मिक व्यक्तित्व भीम पराजुलीको प्रमुख  आतिथ्यता रहेको थियोे  । कार्यक्रममा बोल्दै सांसद पराजुलीले परमपिता शिव बाबाले सबैको कल्याण गर्नुहुनेछ ...

पशुपतिनाथमा महाशिवरात्रिको लागि तयारी पूरा , ३० लाख भक्तजन आउने अनुमान

काठमान्डौं,३ फाल्गुन । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए । ...

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

काठमाडौँ ,२९ माघ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ। लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान सुरु गरेको हो। नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका ...

कालीगण्डकीबाट उत्खनन गरी पठाएको शीला आज अयोध्या पुर्‍याइँदै

  काठमाडौं ,१८ माघ। भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शीला गोरखपुर पुर्‍याइएको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शीला अयोध्यातर्फ पठाइएकामा गए राति त्यहाँ ...

विराटनगर-३ मा श्रीमद्भागवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ सुरु

विराटनगर ,१७ माघ । सिद्धेश्वर महादेव सेवा समाजको आयोजनामा विराटनगर ३ स्थित हलेसी टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ सुरु भएको छ । निर्माणाधिन अवस्थामा रहेको श्री सिद्धेश्वर महादेव मन्दिर निर्माण सहयोगार्थ महायज्ञ आयोजना गरिएको हो । बाल व्यासाचार्य पं ...

विराटनगरमा ३ दिने प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम

विराटनगर,१८ पुष । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम अन्तरगत ३ दिने प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत ...

सेतो मच्छिन्द्रनाथलाई आज घाममा राखिदै

काठमान्डौं,१६ पुष । सेतो मच्छिन्द्रनाथलाई आज घाममा राखिने भएको छ । हिजो महास्नान सम्पन्न गरे संगै आज घाममा राखिन लागेको हो । हरेक वर्ष पौष शुक्ल अष्टमीका दिन मच्छिन्द्रनाथलाई महास्नान गराउने परम्परा रहेको छ । शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले ...

विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षणको सुभारम्भ

कौशल निरौला विराटनगर,१० पुष । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको सुरु भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य ...

विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण हुने , देशभरका ५ सय मानिस सहभागी हुदै

विराटनगर,७ पुष । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुने भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य स्वाध्याय वर्ग ...

महाभारत कालमा कुन देवताको पूजा गरिन्थ्यो ?

  रामायण र महाभारत कालमा पनि मन्दिरहरू थिए । रामको समय ७१२९ वर्ष अघि रामले रामेश्वरममा शिवलिंग स्थापना गरेका थिए। शिवलिंगको पूजा गर्ने चलन उनको कालदेखि नै रहेको छ । रामको पालामा सीताद्वारा गौरीको पूजा गर्थिन् । महाभारत कालमा पनि ...

विवाह पञ्चमी पर्व आज मनाइँदै

विराटनगर,१२ मंसिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व सोमबार श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर ...

आज धनतेरस ,बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने

विराटनगर,५ कात्तिक । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शनिबार मनाइँदै छ ।पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई ‘धनतेरस’ भनिन्छ । यस दिन ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल