भुटानको आरटीसि एफसी क्बललाई हराउदै सांग्रीला मोरङ सेमिफाइनलमा

विराटनगर,१७ चैत । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ...

विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा

विराटनगर,१५ चैत । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई हराउँदै विराटनगरमा बिहीबारदेखि सुरु भएको आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट भएको रात्रीकालिन गोल्डकपको ...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर ,१५ चैत । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ...

विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटनमा भुटान र नेपाल पुलिस भिड्दै

विराटनगर,१४ चैत । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चैत १५ देखि२४ गतेसम्म विराटनगरको शहिद मैदान सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको ...

विराट गोल्डकपका लागि तयारी तिब्र : खर्च कटौती गर्दै प्रतियोगिता हुने

विराटनगर,९ चैत । विराटनगरमा ८ औं विराट गोल्डकप प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १५ गतेदेखि सुरु गर्ने समय तालिका उपलब्ध गराए संगै प्रतियोगिता हुन लागेको हो । खेलको तयारीका ...

विराट गोल्डकप चैत १५ गतेबाट ,‘ए’ डिभिजनका १० टिम सहभागि हुने

विराटनगर ,६ चैत्र ।   आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट आफैले गर्ने भएको हो । ...

महिला दिवसको अवसरमा “इक्युवालिटि कप महिला क्रिकेट” हुने

विराटनगर,२१ फाल्गुन । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण “इक्युवालिटि कप महिला क्रिकेट-२०२४ ” को आयोजना हुने भएको छ । सोमबार आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ...

अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश

विराटनगर ,१८  फाल्गुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगर ६ ...

विराटनगरमा शनिबार “साइकल रेस” प्रतियोगिता हुदै

विराटनगर,१६ फाल्गुन । विराटनगरमा यही फाल्गुन १९ गते शनिबार साइकल रेस अर्थात साइक्लोेथुन हुने भएको छ । १९ किलोमिटर दुरीको खुल्ला स्पर्धामा झण्डै ३ सय जनाले सहभागिता जनाउने आयोजक संस्था रोटरी क्लव अफ विराटनगर फ्युजनले जनाएको छ । कार्यक्रमबारे जानकारी ...

आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर,२८ माघ । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो । बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ ...

सुपर ओभरमा जित निकाल्दै विसिसि बन्यो बी डिभिजन क्रिकेट च्याम्पियन

विराटनगर ,२४ माघ । सुपर ओभरमा जित निकाल्दै विराटनगरको विराटनगर क्रिकेट क्लब (विसिसि) वि डिभिजन क्रिकेट च्याम्पियन बनेको छ । विसिसिले आज वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन ...

विसिसि र ग्रामथान विजयी हुँदै बी डिभिजन क्रिकेटको सेमिफानलमा

विराटनगर,२२ माघ । मोरङ जिल्ला स्तरिय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि)र ग्रामथान क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा विसिसिले होराइजन क्रिकेट क्लवलाई ५ विकेटले पराजित ...

वी डिभिजन क्रिकेटमा मिल्स र बेलबारी विजयी हुँदै सेमिफाइनलमा

विराटनगर,२१ माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई २५ ...

मोरङको वुढीगँगामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता शुरु

मोरङ,२१ माघ । मोरङको वुढीगंगामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता आइतबारदेखि हात्तिमुडाको कर्मवीर विद्यालयमा शुरु भएको छ । गाउँपालिकाद्वारा पाँच दिनसम्म सञ्चालित पाँचौ अन्तरविद्यालय प्रतियोगितामा एवं दोश्रो प्रतिभा पहिचान कार्यक्रममा उक्त पालिकाका सामुदायिक र संस्थागत गरि १६ विद्यालयका एक ...

मिल्स र बेलबारी विजयी

विराटनगर ,१८ माघ । मोरङ जिल्ला स्तरियवि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लव विराटनगर र बेलबारी विजयी भएको छ । पहिलो खेलमा मिल्सले कटहरी राइजिङक्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस ...

हिसान स्पोर्टस् मिट सुरू

विराटनगर,१० माघ । १२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा शिक्षादीप ...

राष्ट्रपतिकप रनीङ्ग सील्ड खेलकुदमा आदर्श मा.वि प्रथम

विराटनगर,६ माघ । विराटनगर महानगरपालिका स्तरीय सोह्रौ राष्ट्रपतिकप रनीङ्ग सील्ड खेलकुद प्रतियोगीतामा आदर्श माध्यमिक विद्यालयले प्रथम स्थान हासील गरेको छ । प्रतियोगीतामा १४ स्वर्ण ८ रजत र ७ कास्य गरी २९ पदक प्राप्त गरी विद्यालय प्रथम भएको हो । माघ ...

खेलकुदले शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिन्छ : मेयर कोइराला

विराटनगर,१६ पुस / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदका माध्यमबाट आर्थिक र आराणविक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने बताएका छन् । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले आयोजना गरेको प्रथम अन्तर विभाग स्ववियू कप–२०८० को ...

विराटनगरमा माघ ३ गतेदेखि महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विराटनगर,८ पुष / विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने ...

धनगढीमा आज नेपाल सुपर लिग फुटबलका दुई खेल हुदै

धनगढी,मंसिर २३ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ । दिउँसो १ बजे हुने पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम क्लब खेल्ने छन् । धनगढीले अहिलेसम्म खेलेका ३ खेलमा दुईमा जित र एकमा बराबरी गरेको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल