विराटनगर ,७ असार । विराटनगरको डन बस्को स्कुलले एसइइ अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ...
विराटनगर,६असार । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । जितसंगै मोर्डन एराले ...
विराटनगर,३२ जेठ । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै गोदावरी क्वाटरफाइनलमा पुगेको हो ...
काठमाडौं,२८ जेठ। नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति ...
काठमाडौं ,२७ जेठ । जारी टी-२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच भइरहेको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरु भएको हो। ...
विराटनगर,२४ जेठ/ प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संरक्षणमा कर्पोरेट लेभलको विराट फुटसल च्याम्पियन्सीप हुने भएको छ । बिहीबार टाइसिट सार्वजनिक गर्दै च्याम्पियन्सीपका आयोजक मञ्जिना मुभि क्रिएसनका निर्देशक जतिन ताम्राकारले शुक्रबारबाट सुरु हुने च्याम्पियन्सीपमा विराटनगरका १० वटा टोलीको सहभागिता रहने ...
विराटनगर,२३ जेठ । कोशी प्रदेश खेलकूद विकास बोर्डले आगामी असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोतिा सञ्चालन गर्ने भएको छ । वोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शु)द्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा चालु आव २०८१/८१ मा वोर्ड मार्फत कार्यान्वयन हुने खेलकुदको ...
काठमान्डौ,२० जेठ । टी-२० विश्वकप क्रिकेटको औपचारिक सुरुवात आज हुँदैछ। उद्घाटन समारोह अघिनै पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबिच प्रतिस्पर्धा भइरहेको छ। विश्वकपमा यो पटक २० टिमलाई ४ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ। अमेरिका र वेस्टइन्डिजमा हुने खेलमा ...
काठमान्डौं,१६ जेठ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन्। क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन्। उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आइसीसीले ...
विराटनगर,१५ बैशाख । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फुलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र विराट ...
विराटनगर ,६ जेठ । तेस्रो संस्करणको मिल्स कप टी – २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै ...
काठमान्डौ,२ जेठ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनले सफाइ दिएसँगै अब अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरेका छन् । आज दिनभर अदालतमै रहेका सन्दीपले आफ्नो पक्षमा फैसला आएसँगै भने, ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास ...
विराटनगर,१ जेठ । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आगामी जेठ ४ र ५ गते काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । मारवाडी समुदायका युवाहरुमा खेलकुद सम्वन्धी शिप एवम् प्रतिभा भएका युवाहरुलाई व्यक्तित्व निर्माण ...
विराटनगर,२९ बैशाख । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले ...
काठमाडौँ,२० बैशाख ।। नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ । ...
विराटनगर, १४ वैशाख / रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । यस्तै साधरणसभाले संघको उपाध्यक्षमा ...
विराटनगर,७ शुक्रबार । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले ...
काठमान्डौं,१ बैशाख । अलराउण्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानमा नेपालले ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको दोस्रो खेलमा नेपालले कतारमाथि ३३ रनको सानदार जित निकालेको हो । अल अमेरत क्रिकेट मैदानमा नेपालले जितका ...
विराटनगर,२५ चैत ।मच्छिन्द्र फुटबल क्लब काठमाडौंले विराट गोल्डकप फुटबलको उपाधि पहिलो पटक चुमेको छ। शनिबार सहिद मैदानमा सम्पन्न आठौं संस्करणको उपाधि भिडन्तमा मच्छिन्द्रले घरेलु टोली सांग्रिला मोरङ एफएलाई दुई शून्यले पराजित गर्दै उपाधि जितेको हो। प्रतिस्पर्धात्मक बनेको उपाधि भिडन्तको निर्धारित ...
विराटनगर,२३ चैत / आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाण्डौ र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको ...