ताप्लेजुङ,३० कात्तिक । राष्ट्रिय राजनीतिको केन्द्रविन्दूमा रहेका योगेश भट्टराई विद्यार्थी आन्दोलनबाट खारिएका एमालेका जुझारु नेता हुन् । नेता भट्टराईले विसं २०३७ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध हुँदै उनको राजनीतिक यात्रा सुरु भयो ...
सप्तरी ,३० कात्तिक । सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका डा. रोहित कुमार पोखरेलको पक्षमा माहोल बन्दै गएको छ । सप्तरीले अहिले सम्मकै राम्रो मानिस पाएको भन्दै उनको समर्थनमा जनमाहोल बन्दै गएको स्थानियहरु बताउछन् । ...
विराटनगर,३० कात्तिक / नेपाली कांग्रेसका प्रभवशाली नेता डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहँुचका लागि लड्ने बताएका छन् । लोकतान्त्रिक–बाम गठबन्धन मोरङ–६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका कोइरालाले अपांगता भएका व्यक्तिहरुलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न ...
काठमान्डौं,२८ कात्तिक । नेपालको निर्वाचन प्रचार प्रसार भारतीय सञ्चार माध्यममा पनि हुन थालेको छ । निर्वाचनको मिति नजिकिदै जादा भारत संग सीमा जोडिएका जिल्लाहरुका उम्मेदवारहरुले भारतीय सञ्चारमाध्यमको प्रयोग गरेका हुन् । भारतीय सञ्चार माध्यमहरुले चुनावी प्रचार प्रसारका कार्यहरु गरिरहेका छन् ...
विराटनगर,२६ कात्तिक । मोरङ क्षेत्र नं: ४ मा एकताको सन्देश प्रवाह भएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन नेताहरु मैदानमा उत्रेका छन् । नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्यले कार्यकर्ताहरुलाई उम्मेदवारहरुको विजयका लागि आबश्यक सहयोग गर्न आग्रह गरेका छन् । ...
काठमान्डौं,२३ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ ९क० का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो ...
विराटनगर ,२३ कात्तिक । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधवार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले यस्तो बताएका हुन् । पाँच दलीय गठबन्धनले बहुमत ल्याएर काँग्रेसको ...
विराटनगर,२२ कात्तिक / पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलहरु अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ । मोरङ–४मा नेकपा एमालेको चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र ...
विराटनगर,२२ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहोल बन्दै गएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका कोइरालाको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका ...
विराटनगर,२० कात्तिक । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र न.४ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार भीम पराजुलीले विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । मोरङ क्षेत्र न.४ (ख)को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ...
रंगेली २० कात्तिक । मोरङ क्षेत्र न.२ मा नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाको लोभलाग्दो सक्रियता देखेर मतदाताहरुमा समेत उत्साह बढेको छ । यसै पनि गिरिजाप्रसाद कोइरालाको प्रभाव क्षेत्र मानिएको उक्त क्षेत्रमा उनकै छोरी सुजाता कोइराला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् ...
काठमान्डौं,२० कात्तिक । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । आईतबार काठमाडौंमा संयुक्त ...
विराटनगर, १९ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले चुनावी प्रचारलाई तीब्र बनाएका छन् । अहिलेको अवस्था कोइरालाका लागि सहजसमेत बन्दै गएको छ । उनले असन्तुष्ट पक्षहरुलाई समेत मिलाएर अगाडि बढ्ने काम गरिरहेका छन् ...
डडेल्धुरा,१९ कात्तिक । चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज दुई वटा सभालाई सम्बोधन गर्दैछन् । उनले आज विहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ...
मोरङ,१९ कात्तिक । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेस ,एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिरहँदा यस पटक ...
सुनसरी,१९ कात्तिक । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवार रहेका सीताराम मेहता अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मेहतालाई पुनः गठबन्धनको साथमा कांग्रेसले उम्मेदवार ...
विराटनगर ,९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली पछिल्ला दिनहरुमा घरदैलो कार्यक्रममा निरन्तर खटिइरहेका छन् । उनी मोरङ क्षेत्र नम्बर ४ (ख) प्रदेश सभा सदस्यको उम्मेदवार हुन् । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति ,नेपाली कांग्रेस विराटनगरको नगर सभापति ...
काठमान्डौं,६ कात्तिक । नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने विषयलाई जोड दिएर चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । नेपाल समाजवादी पार्टीले आइतवार एक कार्यक्रमको आयोजना गरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका ...
काठमान्डौं,६ कात्तिक । नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने समय सारेको छ ।आजै घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका ...
विराटनगर,५ कात्तिक । मोरङ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका तर्फबाट मोरङ क्षेत्र नं २ का उम्मेदवार नारायणप्रसाद सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसकी नेतृ तथा सोही क्षेत्रकी उम्मेदवार सुजाता कोइरालालाई समर्थन गर्दै सिंह कांग्रेसमा प्रवेश गरेका हुन् ...