Birat Post बिहिबार, भाद्र ३१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ भदौं ।
मोरंगमा पहिलोपटक फुटबल प्रशिक्षणका लागि सामुदायिक प्रशिक्षक कोर्षको सुरुआत भएको छ । अखिल नेपाल फुटबल संघको आयोजना र जिल्ला फुटबल संघ मोरंगको समन्वयमा प्रदेश १ का ८ जिल्ला र काठमाडौंबाट गरि कुल ३७ जनाले तालिममा सहभागिता जनाएकाछन्। जिल्ला फुटबल संघ मोरंगका अध्यक्ष दिपेन्द्र धिमालका अनुसार फुटबल प्रशिक्षकका लागि सुरुआती चरणको डी लेभल लाइसेन्सका लागि चारदिने तालिम आयोजना गरिएको हो। कार्यक्रममा अध्यक्ष धिमालले कोरोनाबाट रोकिएको फुटबललाई सुचारु गर्न र स्तरीय खेलाडी उत्पादनका लागि यस तालिमबाट दिक्षीत हुने प्रशिक्षकको भूमिका अहम रहने बताए।

त्यसैगरि, कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तालिमबाट स्तरीय प्रशिक्षक बन्दै राम्रो खेलाडी उत्पादनमा ध्यान दिन आग्रह गरे। फुटबलको असल प्रशिक्षक हुने क्रमको पहिलो खुड्किलोको रुपमा जिल्लाले तालिम सुरु गरेको जनाउँदै मेयर पराजुलीले खेलकुदको विकासका लागि राज्य र नीजि क्षेत्रले समेत ध्यान आवश्यक रहेको बताए। खेलकुदलाई चलायमान बनाउन सबै क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका मेयर पराजुलीले आगामीदिनमा समेत महानगर खेल र खेलाडीलाई प्रोत्साहन गर्नपछि नपर्ने उल्लेख गरे।
तालिममा मोरङबाट २७, खोटाङबाट २, धनकुटाबाट २, इलाम, ताप्लेजुङ, सुनसरी, तेह्रथुम, काठमाडौं र उदयपुरबाट समान १ जनाको सहभागिता रहेको छ। यस तालिमबाट उतिर्ण हुने प्रशिक्षार्थीले सी लेभलको लाईसेन्सका लागि योग्य हुनेछ। जुन एएफसीले तालिम दिने गर्छ। विराटनगरमा सुरु भएको तालिम असोज ३ गते सम्पन्न हुनेछ । प्रशिक्षार्थीहरुलाई एन्फाबाट आएका संजित सिंह र नवीन महर्जनले तालिम दिनेछन्।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल