Birat Post बुधबार, भाद्र ३०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ, ३० भदौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गरगहनासहित दुईजना पक्राउ गरिएको छ । विमानस्थल प्रहरीका अनुसार श्री एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट विराटनगर जान लागेका दुई यात्रुलाई आवश्यक प्रक्रिया नपु¥याई लैजान लागेको सुनका गरगहनासहित नियन्त्रणमा लिइएको हो ।
प्रहरीले कैलालीको बदगोरिया गाउँपालिका– १ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपहानगरपालिका– २ घर भएका ४७ वर्षीय मुरारीराज अधिकारीलाई २ करोड २४ लाख ९२ हजार रुपैयाँ बराबरको तीन हजार ३६० ग्राम सुनका गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विमानस्थलको आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा चेकजाँच गर्ने क्रममा उनीहरुले लिई आएको व्यागेजमा उक्त सुनका गरगहना भेटिएको थियो ।
आवश्यक प्रक्रिया पुरा नगरी सुनका गरगहना लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल