विराटनगर,२९ भदाै ।
अनलाइन सञ्चालकहरूकाे हकहितको लागि भन्दै माेरङका अनलाइन सञ्चालकहरू संगठित भएका छन् । प्रजातन्त्रप्रति आस्था राख्ने सञ्चालकहरू एक भएका हुन् । अरबिन्द मेहताकाे संयाेजकत्वमा मंगलबार ११ सदस्यीय समिति गठन गरिएको छ। गठित समितिमा वरिष्ठ उपाध्यक्ष काैशल निराैला,उपाध्यक्ष गाेपाल काफ्ले,महासचिव दिनेश खड्का,सचिव भीमराज अधिकारी र काेषाध्यक्षमा राज पाेखरेल रहेका छन् ।
यस्तै सदस्यहरूमा बीरेन्द्रकुमार साह,खड्ग वेदना,अनुप याेन्जन,सव्वु खान र सरिता कर्माकार रहेका छन् । अनलाइन सञ्चालन गर्नेहरूकाे अधिकार र व्यवस्थित गर्न अनलाइन सञ्चालन गर्नेहरू एकजुट भएको अध्यक्ष अरबिन्द मेहताले जानकारी दिए । यस्तै सल्लाहकारमा भाेजराज बस्नेत,अबिनास निधि,हरि काेइराला र प्रशान्त निराैलालाई चयन गरिएको अध्यक्ष मेहताले जानकारी दिए ।