काठमाडौं,२८ भदौं ।
कोरोनाभाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप बिहिबार नेपाल ल्याइने भएको छ । सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।
खोप लिनका लागि भदौ ३० गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने तयारीमा छ । यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप आइसकेको छ । साथै सरकारले यही साताभित्र १ लाख डोज फाइजर खोप ल्याउने स्वास्थ्य व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए ।