काठमाडौँ, २७ भदौ ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमूल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ ।
यस सेवाअन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू । ५००० र दैनिक ३ पटक वा रु । ५००० सम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् ।