विराटनगर, २७ भदौ ।
अफगानिस्तान शान्त बन्न सकेको छैन । अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेका घटनाहरु बाहिर आइरहेका छन् । ती विरुद्ध तालिबान चरम दमनमा उत्रिएको छ । पछिल्लो पटक भएको प्रदर्शनमा केही मानिस हताहत भएका समाचारहरुमा जनाइएको छ ।
यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको बताइएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरेर दमन गरेको हो ।
सो कार्यको राष्ट्रसङ्घले विरोध पनि गरेको छ र दमनमा परी चार जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।