भारतबाट अवैधरुपमा भित्राएको झण्डै १९ लाख बराबरको औषधी प्रहरीले बरामद गरेको छ । विराटनगर स्थित रानी छेउमा वेवारिसे अवस्थामा यति धेरै परिणामको औषधी भेटिएको हो । उक्त औषधी नेपालमा प्रतिबन्धित रहेको छ । बोर्डरको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले यतिको परिणाममा औषधी भेटाएको र उक्त औषधी कसले छाडेको भन्ने कुराको खोजी गरिरहेको जनाइएको छ ।
स्थानीयका अनुसार तस्करहरु प्रहरीहरुलाई देख्ना साथ त्यसठाउँबाट भागेका छन् । कोभिडका कारण बन्द भएको जोगबनी नाका खुले संगै तस्करीको मात्रामा समेत बृद्धी भएको छ । दवाइको तस्करीमा विराटनगरका केही औषधी व्यवसायीहरु निगरानीमा रहेको प्रहरीले संकेत गरेको छ । यद्यपी यथेष्ठ प्रमाण नपुगेका कारण प्रहरीले मुख खोलेको छैन ।