Birat Post शुक्रबार, भाद्र २५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२५ भदौ । नेपालका विद्यालय उमेर समूहमा पर्ने खास गरी १६ वर्षमुनिका ४० हजार भन्दा बढी बालबालिकामा कोभिड(१९को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको भदौ २३ गतेसम्मको तथ्याङ्क अनुसार स्कुल जाने उमेर समूहका ४० हजार ५ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै १८ वर्ष मुनिका ५२ हजार ६ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० वर्ष उमेर समूह सम्मका ७१ हजार ८ सय ५७ जनामा कोभिड(१९को सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला केही दिनयता कोरोना भाइरसको सङ्क्रमण कम देखिएसँगै सरकारले विद्यालय खुलाउने तयारी गरेको छ । तर, विद्यालय खुलाउँदा विद्यालय उमेर समूहका बालबालिकामा कोरोना भाइरसको सङ्क्रमण बढ्ने सम्भावना देखिन्छ ।

खास गरी धेरै जसो विद्यालयहरूमा स्वास्थ्य मापदण्डहरूको उचित पालना हुन नसक्दा समेत सङ्क्रमणको जोखिम उच्च रहने देखिन्छ ।भदौ २३ गतेको तथ्याङ्कका आधारमा २० वर्ष मुनिका ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या ९९ रहेको छ । हालसम्म नेपालमा ८ लाख ५९ हजार ५ सय ३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यीमध्ये ७ लाख ३३ हजार १ सय ६१ जना सङ्क्रमणमुक्त भइसकेका छन्, भने १० हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । भदौ २३ गतेको तथ्याङ्कका आधारमा हाल सङ्क्रमणको अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २९ हजार ४ सय ७९ रहेको छ ।

हाम्रा कुरा डट.कम बाट

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल