विराटनगर, २४ भदौ ।
जबरजस्ती करणी मुद्दामा मोरङ कारागारमा थुनामा रहेका एक कैदी बन्दीको बिहीबार बिहानका राति मृत्यु भएको छ । मोरङ पथरीशनिश्चरे नगरपालिका–१० का ६० वर्षीय भीमलाल सुब्बाको मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा उनलाई जिल्ला अदालत मोरङले गत असार ७ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । कारागार चलान भएका उनको मुद्दाको फैसला हुन नपाई उनको मृत्यु भएको छ ।
बुधबार राति १० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि सुब्बालाई उपचारका लागि कोसी अस्पताल लगियो थियो ,त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका नोबेल शिक्षण अस्पताल लगिएको मा उनको उपचारका क्रममा मृत्यु भएको मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । उनको शव परिबारले बुझेको छ ।