Birat Post मंगलबार, भाद्र २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ भदौं ।
निजामति कर्मचारीहरुले १३ औं निजामति सेवा दिवस मनाएका छन् । ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने मूलनाराका साथ दिवस मनाएको हो । दिवसको अवसरमा विराटनगर महानगरका कर्मचारीहरुले देवकोटा चोकमा बृक्षारोपण कार्यक्रम गरेका छन् । कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले शुभकामना दिदै कर्मचारीहरुवाटै सुसाशनको परिकल्पना सम्भव भएको बताए । राम्रो र कर्तव्यनिष्ठ कर्मचारी कार्यालयको गहना भएको धारणा व्यक्त गरे ।

यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले कर्मचारीहरुले आफ्नो कर्तव्य भुल्न नहुने बताए । विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले कर्मचारीहरुले यस्ता दिवस स्थापना र यसको महत्व बुझेर काम गर्नु पर्ने बताए । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । कार्यक्रममा विराटनगर महानगर वडा न.७ का वडाध्यक्ष मधुवावु तिवारी, वडा न. ८ का वडाध्यक्ष निश्चल अर्याल , स्वास्थ्य महासाखा संयोजक रमेश कार्की,सामुदायीक साखा प्रमुख पुनम दाहाल ,वातावरण साखा प्रमुख अनिता न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल