विराटनगर, २० भदौ ।
झापाको बिर्तामोडमा एक जना अटोरिक्सा चालकको हत्या भएको छ ।
बिर्तामोडको भद्रपुर रोडमा डेरामा बस्ने ५० वर्षीय भाद्रु राजवंशीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यारा उनकै भाइ रतनलाल राजवंशी हाल फरार भएकोे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
मृतकको टाउको लगायत शरीरका विभिन्न स्थानमा चोटपटक देखिएको र मृतकका छोराले ‘काकाले हानेको’ स्थानीयबासीलाई बताएका थिए ।बिर्तामोड ४ स्थित डेरा गरी बस्ने ३८ वर्षीय भाइ रतनलालले कुटेर मारेको र घटना पश्चात् उनले आफ्नो छोरा ८ वर्षीय श्रीमन राजवंशीलाई साइकलमा लिएर भागेको र उनको खोजीका लागि प्रहरी परिचालन गरिसकिएको डिएसपी थापाले बताए ।