Birat Post आइतबार, भाद्र २०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २० भदौ ।
नेपाल र भारतबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आइतबार साँझ हुँदैछ । खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । घरेलु मैदानमा नेपालले जित हासिल गर्न आतुर रहेको प्रतिक्रिया दिएको छ ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो खेलमा भएका गल्ती सच्याएर टिम विजयी नतिजा ल्याउन आतूर रहेको बताएका छन् । उनले पहिलो खेलमा १–१ को बराबरी भएपछि नेपाली फुटबल फ्यानहरुसँग माफीसमेत मागेका थिए ।
खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाएका थिए । तर ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
नेपाली टिमका मुख्य प्रशिक्षक अलमुताइरीले खेलमा अग्रता लिएर पनि त्यसलाई बचाइराख्न नसक्नु आफूहरुको दुर्भाग्य भएको बताएका थिए । दोस्रो खेलमा भने जित नै निकाल्ने उनको दाबी छ । त्यस्तै भारतले पनि पहिलो खेलमा भएका गल्ती सच्याएर सुखद अन्त्य गर्न चाहेको बताएको छ ।
माल्दिभ्समा आगामी महिना अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) सम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलिरहेको हो । भारत पनि तयारीमै छ ।
हाम्रा कुरा डट. कम बाट

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल