Birat Post शुक्रबार, भाद्र १८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ भदौ ।
विश्व बजारमा नेपाली विद्यार्थीहरुलाई दक्ष बनाइ उच्चस्तरको रोजगारी उपलव्ध गराउने उद्देश्यले विराटनगरमा स्नातक तहको अतिथि सत्कार व्यवस्थापन विषयको कलेज सञ्चालनमा आएको छ ।
शिक्षा क्षेत्रमा अग्रणी रहेको आइएनजी ग्रुप’ले बेलायती विश्वविद्यालयको सम्बन्धनमा ‘विराटनगर इन्टरनेशनल कलेज’ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीन बर्षे स्नातक तहको ‘इन्टरनेशनल हस्पिट्यालिटी म्यानेजमेण्ट’ विषय यस वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यवस्थापनमा सञ्चालन हुने कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल तथा विदेशमा तालीम तथा रोजगारीका लागि पठाउन विभिन्न संंस्थासंग साझेदारी गरेको ग्रुपका प्रमुख सुलभ वुढाथोकीले जानकारी दिए । कलेजका प्रमुख कार्यकारी अधिकृत ऋषिकेश वाग्लेले नौलो विषयमा अध्ययन गर्ने गरी उत्पादन हुने विद्यार्थी विश्वका जुनसुकै देशमा रोजगारी प्राप्त गर्न सक्षम हुने बताए । कलेजले गरीव तथा जेहेन्दार विद्यार्थीहरुका लागि केही स्थान आरक्षित गर्ने बताएको छ ।

उक्त कलेज यस अघि मेरिल्याण्ड कलेज रहेकोमा अहिले इन्टरशेनल कलेजको पूर्ण स्वामित्वमा आएको कलेजका विकास दाहालले जानकारी दिए । कलेजबाट अहिलेसम्म चार सय विद्यार्थी दीक्षित भएका छन् भने चार सय अध्धयन गरिएका र ९५ प्रतिशत विद्यार्थी नेपाल तथा विभिन्न देशमा रोजगार एवं स्वरोजगार छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल