विराटनगर, १७ भदौ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।
विराटनगरमा ४५, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा १९, बुढीगंगामा ९, केराबारीमा ४, रंगेलीमा ३, धनपालथान, कटहरी, ग्रामथान, उर्लाबारी, सुनबर्षी र बेलबारीमा २–२, रतुवामाई, लेटाङ र कानेपोखरीमा १–१, झापाको दमकमा २४, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ८–८, विर्तामोडमा ७, अर्जुनधारामा ६, बुद्धशान्ति र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र बाहृदशीमा २–२, गौरादह, कनकाई र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ३२, धरानमा १५, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनीमा ४, दुहवी र स्थानीय तह नखुलेका २–२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ४ र सुर्योदयमा १, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।