Birat Post बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ भदौ ।
नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौं र विराटनगर महानगरका सदस्यहरुको सहकार्यमा बृक्षारोपण गरिएको छ । विराटनगर–११ स्थित जनपथ माध्यामिक विद्यालयको प्राङ्गणमा बुधबार फलफूलको विरुवा लगायत विभिन्न जातिका एक सयभन्दा बढी विरुवा रोपेको हो ।

कार्यक्रममा नेपाल रेयूकाईका केन्द्रीय सदस्य पवन उपाध्यायले रेयूकाईका संस्थापकहरु ओन्सी काकुतारो कुबो र ओन्सी किमी कोतानीले प्रतिपादन गरेको रेयूकाई शिक्षालाई कार्यान्वयन गरी विश्व शान्ति निमार्णमा लगाउन आबश्यक भएको औल्याए ।

यस्तै विराटनगर महानगरपालिका वडा नंः ११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपानेले रेयूकाईले विद्यालयमा गरेको वृक्षारोपण कार्य निकै नै सराहनीय रहेको र यस्ता कार्यहरुले समाजरुपान्तरणमा सघाउ पुर्याउने बताए ।

नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख सदस्य नागेश यादवले रेयूकाई शिक्षाले समाज र राष्ट्रप्रति कृतज्ञता फर्काउने उदेश्य राखेको र यसलाई अभ्यास मार्फत सामाजिक सेवाका काम गर्नुपर्ने बताए ।
विद्यालयका अध्यक्ष रोहित कोइरालले नेपाल रेयूकाईले सामाजिक कार्य गर्दै आएको र यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रमा नेपाल रेयूकाई विराटनगर क्षेत्रका प्रमुख सदस्य पदमकुमार सरदार, कौशल निरौला ,आशा सरदार, रिंकु परियार, टिका विसुनके, श्यामसुन्दर सुतिहार, र साहित्यकार मीनकुमार नवोदित श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल