Birat Post मंगलबार, भाद्र १५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ भदौ ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यो वर्ष भने खटयात्राको रुपमा मात्रै सिमित भएको छ ।

कोरोनाका कारण श्रीराधाकृष्णको प्रतिमा खटमा विराजमान गराई गाडीमा राखेर नगर परिक्रमा गरिएको छ । ९०औं संस्करणको राधाकृष्ण रथयात्रा विराटनगरमा आज खटयात्राको रुपमा नगरपरिक्रमा गराइएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली, श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझा,पंडित भवानी शंकर निरौलाले शुभसाइतमा पुजाआजा गरे संगै खटयात्राको शुभारम्भ गरिएको थियो ।

यस वर्षको खटयात्रा राधाकृष्ण मन्दिर पानीट्याङ्कीबाट सुरु भई गोल्छा, जलजला, ट्राफिक, रोडशेष, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी, कञ्चनबारी, राजवंशी र पुष्पलाल चोक,पोखरिया हुदै पुनः मन्दिरमा लगि विशर्जन गरिएको छ ।
वि. सं. १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर)को रुपमा शुरु भएको यात्रा २०२५ देखि रथयात्राको रुपमा परिणत भएको थियो । सहज अवस्थाको जस्तो मानिसहरुको भिडभाड यसपटक भएन । बजार क्षेत्रमा केही भक्तजनहरुले परैबाट दर्शन गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल