विराटनगर,१५ भदौ ।
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ६१ हजार १ सय २४ जनामा र एन्टिजेन विधिबाट ८३ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका छन् भने १ हजार ८ सय ८ जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख १४ हजार ५ सय २० पुगेको छ र पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भइसकेका छन् भने हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ३० पुगेको छ ।