काठमाडौँ,१४ भदौ ।
काठमान्डौंमा सोमबार ‘एकीकृत शक्ति नेपाल’ अभियान घोषणा गरिएको छ । अभियान हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा केन्द्रीत छ । अभियानमा नेपालका विभिन्न पेशा व्यवसायमा स्थापित मानिसहरु रहेका छन् ।
अभियान घोषणा कार्यक्रममा नायक निखिल उप्रेतीले अभियान फलदायी बन्नेमा आशाबादी रहेको बताए । पार्टीभित्रको विवाद, कार्यकर्ताबीचको दुष्टता र आफूआफूमै वैमनस्यता राख्ने दलबाट विकासको आशा गर्न नसकिने बताए । विकल्पकारुपमा अन्य उपाय नेपाली जनता संग नरहेको र देशका लागि केही गरेका शक्तिलाई संरक्षण गर्न जरुरी भएको बताए ।
कार्यक्रममा डा.बीपी तिमिल्सिनाले देश चलाउन जिम्मा लिएका व्यक्तिहरुले दोष जति सबै संविधानलाई दिएको आरोप लगाएका छन्। उनले देशको कुनै पनि क्षेत्र पहिलेको भन्दा थप विग्रदो अवस्थामा पुगेको बताए । ‘राष्ट्रिय एकता पहिलेभन्दा कमजोर, जनताको स्वास्थ्य स्थिति पनि पहिलेभन्दा कमजोर, शान्ति सुरक्षा पहिलेभन्दा कमजोर, अपराध पहिलेको भन्दा बढी भएका कारण अव देशलाई बन्धक बनाउन नहुने बताए ।