Birat Post बिहिबार, भाद्र १०, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० भदौ ।
श्रवण दृष्टिविहिनताका विषयमा स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम प्रदान गरिएको छ । बुधबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी श्रवण दृष्टिबिहिनताका विषयमा प्रयोगात्मक अभ्यासद्धारा जानकारी प्रदान गरिएको थियो ।
सेन्स इन्ट्रानेश्नलको सहयोग, राष्ट्रिय बहिरा महासंघको सहकार्य र कोशी बहिरा संघको श्रवणदृष्टि बिहिनता सम्बन्धि तीन बर्षे परियोजना अन्तर्गत हेल्दी लाइफ फर द पिपुल विथ डिफ ब्लाइन्डनेश इन् नेपालले तालिम प्रदान गरेको हो ।

लामो समय देखि श्रवण दृष्टिबिहिनताका सवालमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको संस्थाका तालिमहरु प्रभावकारी भएको बताइएको छ । जनप्रतिनिधिहरुले श्रवण दृष्टिबिहिनताका विषयमा ज्ञान हासिल गरे संगै नीति नियम र अधिकारका क्षेत्रमा उल्लेख्य प्रगति भएको सहभागी संस्थाका पदाधिकारीहरुको भनाइ छ । विराटनगर महानगरपालिका,सुन्दरहरैचा नगरपालिका,रंगेली नगरपालिका,बेलबारी नगरपालिका,सुनबर्सी नगरपालिका ,कटहरी गाउँपालिका,बुढिगंगा गाउँपालिका,ग्रामथान गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले तालिममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा सुन्दर हरैचा नगरपालिका उपप्रमुख धनमाया तामाङ, सुनबर्सी नगरपालिका उपप्रमुख मन्जु कुमारी राई ,कार्यक्रम कोडिनेटर प्रशान्त दुलाल,दोभाषे सन्तोषी घिमिरे , आकाश घिमिरे, डिवि एजुकेटर गोमा कार्की, कोशी बहिरा संघ अध्यक्ष सुनिता तिवारी,महासचिव रन्जन निरौला,कोषाध्यक्ष जीवन दाहाल लगायतले आ आफ्ना धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल