विराटनगर,८ भदौ ।
सामाजिक क्षेत्रमा क्रियाशिल अप्पन बिराटगढ परोपकार समाज बिराटनगर,संमृद्धि नेपाल बिराटनगर ,लायन्स क्लब बिराटनगर इनोभेटीभ र नेपाल प्रजातान्त्रिक महासंघ मोरंगले बिराटनगर १२ मुसहरि टोलमा राहात सामाग्री बितरणको कार्यक्रम संम्पन्न गरेको छ ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्षहरू बसुन्धरा झा,माया ओझा,रामचन्द्र गौतम,रिता पोखरेल,तथा लायन्स क्लबका रिजनल चियर पर्सन अनुजा कोइराला ,जोनल चियरपर्सन रक्तिम जोशी लगायतले संयुक्त रूपमा कोभिडका कारण रोजगारी गुमाएका अति बिपन्न मुसहर परिवारका ५० घरधुरि लाई राहात सामाग्री (दाल,चामल,नुन,तेल,मास्क) लगायतका सामाग्री बितरण गरेका थिए ।