Birat Post शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ साउन ।
विराटनगर महानगरले तीन बोल्ड निर्णय गरेको छ । शुक्रबार विराटनगर महानगर, नगर कार्यपालिको बोर्ड बैठकले विराट राजाको दरबार बनाउन आबश्यक पहलकदमी लिने, बीरेन्द्र सभागृह दक्षिणको इको फाउण्टेन पार्क सञ्चालनमा ल्याउने र संस्थागत विद्यालयले अनलाइन पढाइ बापतको शुल्कमा ५० प्रतिशत छुट गराउनुपर्ने निर्णय गरेको छ ।

कार्यपालिकाको बैठक सकिए संगै सञ्चारकर्मीहरु संग बोल्दै नगरकार्यपालिकाका प्रबक्ता उद्धब अर्यालले कार्यपालिकाबाट निर्णय भएका कुराहरु कार्यान्वयनमा लगिने बताए । विराट राजाको दरबार बनाउन विराटनगर महानगरको पहलमा परामर्शदाता आइडीआइले सरोकारवालाहरु संग विभिन्न चरणमा छलफल गरी प्राप्त राय सुझावलाई समेटेर त्यस क्षेत्रमा भएका ऐतिहासिक तथा पुरातात्विक बस्तुलाई संरक्षण गरिने गरी खाका बनाएको छ ।

गुरुयोजना बने संगै यसले डिपिआरको मुर्तरुप पाउने भएको छ । यस्तै कोरोना महामारीका कारण बन्द भएको इको फाउन्टेन पार्क सञ्चालनमा ल्याइने भएको छ । यसको व्यवस्थापन तथा अनुगमन वडा नं. ७ ले गर्ने गरी निर्णय भएको छ । हाल चर्चामा रहेको संस्थागत विद्यालयको शुल्कका विषयमा समेत महानगरले संम्बोधन गरेको छ । अभिभावकहरुले समेत विद्यालयले लिने मासिक शुल्कमा जनगुनासो गरेपछि मासिक लिदै आएको रकममा ५० प्रतिशत मात्र शिक्षण शुल्क लिन निर्देशन दिने निर्णय भएको प्रबक्ता अर्यालले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल