विराटनगर,२२ जेठ ।
विद्यमान कोरोना महामारीका बीच विराट समाजले निशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगर स्थित केशलीया बाटोछेउमा यसको व्यवस्थापन मिलाइएको छ । निषेधाज्ञाका कारण कतिपय विपन्न परिवार संकटमा परेको भन्दै यो अभियान थालिएको विराट समाजका अध्यक्ष अक्षय सहनीले बताए ।
विगत १९ दिन देखी खाना खुवाउने अभियान चलिरहेको छ । सहनीले सवैको सहयोग रहे कार्यक्रमले निरन्तरता पाउने बताए । निशुल्क खाना खुवाउने अभियानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला र प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्कीको विशेष सहयोग रहेको छ । शनिबार नेता कोइराला यो अभियानमा सहभाागी हुदै युवाहरूलाई हौसला प्रदान गरेका थिए ।