काठमान्डौं, १८ जेष्ठ ।
जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने होडबाजीनै चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेर निकालेको केहीबेरमै ठाकुरले पनि यादवलाई निकालेका छन्। ठाकुर पक्षीय नेता सुरेन्द्र झाका अनुसार यादवलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ।
मंगलबार नै यादवले ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुक्ललाई पार्टीबाट निकालेका थिए। कारबाहीको निर्णय भए लगत्तै यादवले निर्वाचन आयोगलाई पनि त्यसबारे जानकारी दिएका छन्। नेपालको राजनीति अव फुट र गुटको मोडमा पुगेको छ । साना दल देखि ठूला दलसम्म यसखाले रोग लाग्नुले अवको राजनीति कता मोडिएला भन्ने प्रश्न उब्जिएका छन् ।