दाङ ,१३ बैशाख ।
स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि चलेको झाडापखालाका कारण दिदीबहिनीको निधन भएको छ । झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको हो । दाङ तुलसीपुर राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।
दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।