Birat Post बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ८ बैशाख/

मानवसेवा आश्रम विराटनगर शाखाको भवन शिलान्यास गरिएको छ । विराटनगर महानगरपालिका–५ स्थित डिपिएस स्कुल छेउमा रहेको जग्गामा शिलन्यास गरिएको हो । कविर आश्रम विराटनगरले दिएको ६ कट्ठा जग्गामा विराटनगर महानगर र मानवसेवा आश्रमको संयुक्त प्रयासमा भवन बन्न लागेको हो । मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलहरूमा अत्यन्तै कष्टपूर्ण एवं पीडादायी जीवनयापन गर्दै आइरहेका सहयोगापेक्षी मानिसको उद्धार, उपचार, परामर्श र पारिवारिक पुनर्मिलनका क्षेत्रमा काम गर्दै आएको छ ।

झण्डै २२ करोडको लागतमा तीन वटा ब्लक बन्ने छ । यसमा ५० वटा कोठा बन्ने बताइएको छ । मिस वल्र्ड नेपाल श्रृङ्खला खतिवडाको समूहले २७ हजार वर्ग फिट रहने गरी भवनको नक्सा निर्माण गरेको छ । विराटनगर महानगरपालिका ,प्रदेश सरकार, मोरङ र सुनसरीका उद्योगपति, व्यापारी, नागरिक समाजले उक्त भवन निर्माणका लागि आवश्यक पर्ने रकम सहयोग गर्ने आश्वासन दिएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, महेश जाजु,प्रकाश मुन्दडा,भीम घिमिरे,पारस लुनिया लगायत विभिन्न उद्योगपति, नागरिक समाजका दर्जन बढी ब्यक्तिहरुले सहयोगको प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की ,कलाकारहरु दीपकराज गिरी ,दीपाश्री निरौला, पूर्व प्रहरी अधिकृत रमेश खरेल ,मनोज गजुरेज, आनि छोइङ डोल्पा ,जग्गा दाता सुशिला खड्का भट्टराई,मानव सेवा आश्रमका संयोजक रामजी अधिकारी, मिस व्लर्ड श्रृखला खतिवडा, लगायतले संयुक्त रुपमा भवन बन्ने स्थानको शिलान्यास गरेका थिए ।

सो अवसरमा महानगरप्रमुख पराजुलीले सहयोगापेक्षीहरुको बाँकी जीवन सुखमय बनाउन आश्रम निर्माणले थप सहयोग पु¥याउने धारणा ब्यक्त गरेका थिए । सवै दयालु मनहरुलाई जोडेर यो कार्यक्रम सफल बनाउन र तोकिएको समयमा भवन उद्घाटन गरिने उद्घोष गरे । मानव सेवा आश्रमका लागी विराटनगर महानगरले बिशेष सहयोग गरिरहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल