काठमाडौं ६ बैशाख । सरकारले कोरोना भाइरस प्रभावित सहरमा रहेका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। पछिल्लो समय बालबालिकाहरुमा कोरोना संक्रमण भए संगै सरकारले यस्तो निर्णय गरेको हो । आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्था बन्द गरी अनलाईन कक्षा सञ्चालन गर्न शैक्षिक संस्थाहरुलाई आग्रह गरेको छ ।
बैशाख महिनाभर बन्दको लागी सिफारिस भएबमोजिम निर्णय भएको बताइएको छ । यस संगै मोरङ, काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत, बारा र बाग्लुङ लगायतका मुख्य शहरहरु कोरोना संक्रमणका लागि अति प्रभावित क्षेत्रमा दर्ज भइसकेका छन् । यस संगै स्वास्थ्य मन्त्रालयले समेत ती जिल्लाहरुमा बिशेष सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।