Birat Post आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ बैशाख/

झोराहाट नाटकघरमा योगमाया नाटकको मञ्चन सम्पन्न भएको छ । झोराहाट नाट्य समूहको आयोजनामा गत चैत २३ गते सुरु भएको नाटकको आइतबारदेखि विधिवत रुपमा समापन गरिएको हो । कवि तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ लेखन तथा प्रदीप सरदारको निर्देशनमा मञ्चन भएको नाटकमा दीपा पोखरेल, निराशा ढुंगेल, प्रवेश तिम्सिना, मनिषा बराल, प्रज्वल पाठक, सुजाता राई, विमल सम्बाहाम्फे, डेविड विष्ट, रञ्जु खत्री, पूजा कटुवाल, सञ्जय गिरी, दीपक निरौला र सञ्जय मुडियारीले अभिनय गरेका थिए । मञ्च परिकल्पनाकारमा सुदीपजंग कार्की, ध्वनि र प्रकाश परिकल्पनामा सुरज माझी, चन्दन माझी र विजय थारु रहेका थिए ।

योगमायाको जीवनीमा आधारित नाटकले महिला जागृतिलाई उजागर गरेको वरिष्ठ साहित्यकार प्राज्ञ विवश पोखरेलले बताए । समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पोखरेलले योगमायाहरुकै योगदान र बलिदानीका कारण अहिले नेपालका विभिन्न तह र तप्कामा महिलाका अधिकार सुनिश्चित भएको दाबी गरे । उनले भने, “योगमायाहरुकै योगदानको जगमा टेकेर अहिले राष्ट्रपति मात्रै होइन प्रधानन्यायाधीश र सभामुखसमेत महिला भएका छन् ।” झोराहाट नाट्य समूहका अध्यक्षसमेत रहेका नाटकका लेखक बर्बरिकका अनुसार चाँडै नै इटहरी, इनरुवा, गौरादह, भोजपुरको मझुवागढीमा समेत सो नाटक मञ्चन गरिनेछ ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल