काठमाडौं ३० चैत्र । काठमाडौं स्थित बाँसबारीमा रहेको विश्व हिन्दु महासंघको कार्यालय तोडफोड हुनका साथी विभिन्न सामाग्रीहरु चोरी भएको छ । महासंघ कार्यालयमा ताला फुटाइएको छ भने सामान तोडफोड गरिएको छ । विश्व हिन्दु महासंघ महासचिव अस्मिता भण्डारीले ताला फोडिएको र विभिन्न सामाग्री चोरी भएको जानकारी दिइन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।