विराटनगर १८ चैत्र ।
महेन्द्र माध्यमिक विद्यालय विराटनगर-८ मा अग्रेजी माध्यममा अध्ययन -अध्यापन गराउने उदेश्यका साथ भवन निर्माण थालिएको छ । सुविधा सम्पन्न ४ कोठे दुइतल्ले भवनको विराटनगर महानगरका मेयर भीम पराजुलीले बुधबार शिलान्यास गरेका छन् ।
४० लाख लागतमा बन्ने भवन यहीँ आर्थिक वर्षभित्रै सकाउने लक्ष्य लिइएको विद्यालय व्यवस्थापन समितिका सदस्य शैलेन्द्र शिवाकोटीले जानकारी दिए । शिलान्यास कार्यक्रममा वडा न. -८ का वडाध्यक्ष निश्चल अर्याल,विद्यालयका प्राध्यानाध्यापक चन्दु साह लगायतको सहभागिता रहेको थियो ।