विराटनगर १८ चैत्र ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर महानगरपालिकालाई नयाँ शहर विकास अभियानमा नगर विकास कोषको सहयोग बिशेष हुने बताएका छन् । नगर विकास कोषद्वारा विराटनगरमा बुधवार आयोजित ‘ऋण लगानीमा पूर्वाधार-समृद्ध नेपालको आधार ’ नाराका साथ नगरपालिका वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै मेयर पराजुलीले यस्तो बताएका हुन् ।
नगर विकास कोषकै कारण नमुना शहर बनाउन टेवा पुगेको भन्दै कोषद्धारा भएको सहयोगको प्रशंसा गरे । विराटनगर वसपार्क समयमै सम्पन्न गरेको भन्दै कोषबाट विराटनगर महानगर सम्मानित भएको पराजुलीले स्मरण गरे । कोषवाट शहरीकरणलाई व्यवस्थित गर्दै नगरको विकासमा कोषको आर्थिक र प्राविधिक सहयोग आबश्यक रहने उल्लेख गरे । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा सहितको टोलीले प्रदेश १ का सवै स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु संग छलफल गरेको छ ।