काठमान्डौ १८ चैत्र ।
– विकास कार्की /
ललितपुर इमाडोल बाट मंसिर ५ गते हराएकी १४ वर्षिया ग्रेसी शर्मालाई नभेटेपछि उनका परिवारमा तनाव थपिएको छ । छोरी हराएको यतिका समय बित्दा पनि पत्ता नलागेपछि बालिकाकी आमा रन्जिता शर्मा बच्चा खोजिमा सहयोग गरिदिन अपिल गर्दै सञ्चारमाध्यमहरु संग हारगुहार गरिरहेकी छन् ।
सुस्त मनस्थिती भएकी बालिका ललितपुर इमाडोलबाट हराएकी हुन् । उनको खोजीमा परिवारका सदस्यहरु लागे पनि आर्थिक अभावका कारण अन्यक्षेत्रमा खोजी गर्न नकेको शर्माको गुनासो रहेको छ । नेपालका कुनै आश्रमहरुमा रहेको भए जानकारी गराइदिन पनि उनले आग्रह गरेकी छन् । भारतमा पनि बालबालिका बेचविखन भएका घटना बाहिर आइरहदा आफ्नो मनमा झन चिसो पसेको भन्दै उनले दुख ब्यक्त गरिन् । बालिकाको फोटो हेरेर काही कतै भएको भए जानकारी दिन पनि शर्माले सवैमा अपिल गरेकी छन् ।