Birat Post बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

बिराटनगर १८चैत्र ।
विराटनगरमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ । फुटवेयर म्यानुफेक्चर्स एसोसिएसन अफ नेपालले बिराटनगरमा संचालन गरिरहेको बिराट जुत्ता-चप्पल व्यापार मेलामा उपभोक्ताहरु आकर्षित देखिएका छन् ।

अपेक्षा गरे अनुसार कारोबार नभए पनि ब्यापार घाटा नभएको संयोजक होमनाथ उपाध्यायले बताए । विराटनगर,७ स्थित जलजला चौक पूर्व नेपाल बँगलादेश बैंकको अगाडी खाली जग्गामा चैत,५ गतेदेखी बैशाख,५ गतेसम्म १ महिने जुत्ता -चप्पल व्यापार मेला संचालन भईरहेको छ ।

आयोजकले एक महिनामा ६ लाख जोर जुत्ता -चप्पल गरेर १० करोड रुपैयाँ बराबरको कारोबार गर्ने अपेक्षा राखेको छ । तर अपेक्षा पुरा हुने हो हैन भन्नेमा आयोजकहरु सशंकित छन् ।मेला आयोजक समितिका सदस्य तथा हाईलाईफ सुज कम्पनीका प्रबन्ध निर्देशक विनय चौधरीले चैत महिनामा बिराटनगरमा अत्याधिक गर्मी सुरु भईसकेको र जुत्ताको बिक्री घट्दा कारोबार घटेको जानकारी गराए ।

मेलामा विभिन्न १२ कम्पनीले २० स्टलमार्फत १ हजारदेखी १० हजार रुपैयाँसम्मको ५ हजार आकर्षक मोडलका जूत्ताचप्पल बिक्री गरिरहेका छन् । आयोजकले उपभोक्तालाई जुत्ता-चप्पलमा १० देखी ५० प्रतिशतसम्म भारी छूटको व्यवस्था समेत गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल