विराटनगर १७ चैत्र।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् । साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ताा वृद्धि गरिने बताए । सरकारका राम्रा काम देखेर केही मानिसहरुमा असहजता सुरु भएको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले सवैखाले अशक्त मानिसहरुलाई सरकारले यथासक्य सेवा दिने र यसका लागि सरकारले गृहकार्य गरिरहेको बताए ।