Birat Post आइतबार, चैत्र १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ चैत्र /

चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आदर्श सन्तान सम्मानबाट एकजनालाई सम्मान गरेको छ । १५ औं साधारणसभाको अवसर पारेर प्रतिष्ठानले विराटनगर–८ अमरटोलकी सुनिता खड्कालाई आदर्श सम्मानबाट सम्मान गरेको हो । परिवारबाट ज्येष्ठ नागरिकलाई अवहेलना हुने क्रम बढ्दै गएकाले आदर्श सन्तान सम्मान सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, अग्रज साहित्यकार रमाप्रसाद रिजाल, समाजसेवी तोरेन्द्रमानसिंह प्रधान, वेनिगोपाल मुन्दडालगायतले खड्कालाई अविर, माला लगाएर नगद ११ हजारसहित सम्मानपत्र हस्तान्तरण  गरेका थिए ।

आमाको निधन भएपछि खड्काले बुवा लीलावल्लभ गौतमलाई आफ्नै घरमा ल्याएर राखेकी थिइन् ।  गौतमका ६ सन्तानमध्ये खड्का काँहिली सन्तान हुन्। सो अवसरमा सुनिताका श्रीमान केदार खड्कालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मेयर पराजुलीले बुवाआमा देउता सहर भएको बताए । यस्ता सम्मानले समाजलाई मार्गनिर्देशन गर्ने उनको भनाइ थियो । प्रतिष्ठानकी अध्यक्ष सुवेदीले परिवारबाटै ज्येष्ठ नागरिकमाथि हेला भइरहेको चर्चा गरिन् । उनले सकारात्मक सोच र पवित्र उद्देश्यले आदर्श सन्तान सम्मान प्रतिष्ठानबाट सुरु गरिएको बताइन् । त्यस्तै समारोहमा विश्व कविता प्रतियोगितामा प्रथम हुन सफल कवि राधिका गुरागाईंलाई पनि अविर र माला लगाएर सम्मान गरिएको थियो ।

यसैबीच, साधारणसभाले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमतिसमेत चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, महासचिवमा उमेश दाहाल, कोषाध्यक्षमा राधिका गुरागाईं निर्विरोध चयन भएका छन् । त्यस्तै श्रीओम श्रेष्ठ ‘रोदन’, दिङ्लाली कान्छो, बाबुराम श्रेष्ठ वर्षा, हरिप्रसाद बराल, दिपेश सुवेदी, दिवस सुवेदी र मीनकुमार नवोदित सदस्यमा छानिएका छन् ।

साधारणसभा सम्पन्न भएपछि आपसमा अविर लगाएर शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन कवि निर्मला कोइरालाले गरेकी थिइन् । प्रतिष्ठानले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई नगदसहित सम्मान गर्दै आएको छ । यस्तै मासिक साहित्यिक शृंखला, चेतना सन्देश पत्रिका प्रकाशन, मकालु टेलिभिजनसँगको सहकार्यमा चेतना प्रवाह साप्ताहिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको महासचिव उमेश दाहालले जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल