Birat Post शुक्रबार, चैत्र १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा औद्योगीक वातावरण बन्दै गएको बताएका छन् । उद्योग संगठन मोरङको नयाँ कार्यसमितिको पदस्थापन तथा ‘‘मेरो देश, मेरै उत्पादन’’ कार्यक्रमको भर्चुअल शुभारम्भ गर्दैै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

देशमा अव औद्योगीक वातावरण बनिसक्यो ओलीले भने ‘तिन दशक देखिको हिंसाको माध्यमबाट राजनीति गर्नेलाई सहमतिमा ल्याएका छौ । हिंसा सकिएको छ । औद्योगीक वातावरण अनुकुल बनेको छ ।’ उद्योग संगठन मोरङको अगुवाईमा सुरु भएको ‘मेरो देश,मेरै उत्पादन’ अभियानको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश अव आफ्नै उत्पादनमा अगाडी बढ्ने बताए ।

उद्योग संचालनको लागी अनुकुल र मैत्रिपूर्ण वातावरण बनाउन सरकारको प्रमुख दायीत्व हुने र उत्पादनको क्षेत्रमा नयाँ आयामहरुको खोजी गरिने बताए । प्रधानमन्त्री ओलीले उद्योगी व्यापारीहरुका कठीनाई बुदागतरुपमा लेखेर आफुलाई दिन पनि आग्रह गरे । ‘‘मेरो देश,मेरै उत्पादन’’ नितान्त नारामात्र नभएर अवको राष्ट्रिय रणनीति भएको बताए ।

यस्तै प्रधानमन्त्री ओलीले उद्योग संगठन मोरङमा नवनियुक्त अध्यक्ष सुयस प्याकुरेललाई कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेका थिए भने निवर्तमान अध्यक्ष भीम घिमिरेको कार्यकालमा भएका कामहरुको प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रदेश १ मुख्य मन्त्री शेरधन राईले उद्योग संगठन मोरङमा नवनियुक्त अध्यक्ष सुयस प्याकुरेलको कार्यकालको शुभकामना तथा अभियानको सफलताको कामना गरेका थिए । कार्यक्रममा उद्योग संगठनका वर्तमान कार्यसमितिका पदाधिकारीले नवनिर्वाचिन पदाधिकारीलाई आफ्नो पदभार हस्तान्तरण गरेका थिए । यस्तै पूर्व अध्यक्षहरु दिनेश गोल्छा,किशोर प्रधान,नन्दु राठी,मुकेश उपाध्याय ,शिवशंकर अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल