इटहरी १२ चैत्र । कांग्रेसको राजनीतिक केन्द्रबीन्दुमा रहेका कोइराला परिवारका तिनैजना शिर्ष नेताहरुले सहमति सहकार्य एकताको पक्षमा आफूहरू रहेको बताएका छन् । बिहिबार इटहरीमा आयोजित कार्यक्रमको एउटै मञ्चमा देखिएका कोइराला परिवारका डा.शशांक कोइराला,सुजाता कोइराला र शेखर कोइरालाले सहमति,सहकार्य र एकताको पक्षमा रहेको बताए ।
कोइराला परिवार बाट साझा उम्मेद्वार आउने र त्यसमा सवैको सहयोग रहने बिश्वास व्यक्त गरे । जी.पी कोइराला फाउन्डेसन खेलकुद विभाग प्रदेश १ ले इटहरीमा आयोजना गरेको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् ।
कोइराला परिवारका तीन जना एक भएको र उम्मेद्वारी पनि त्यसरीनै आउनेमा बिश्वस्त भएको बताए । बिहीबार देखि सुरु भएको फुटबल प्रतियोगिता चैत २१ गते फाइनल हुने विभागका अध्यक्ष सूर्य राईले जानकारी दिए । आजको पहिलो खेल इटहरी भर्सेस दमकका बिच भएको छ ।