विराटनगर १२ चैत्र ।
नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ९औं पुण्य तिथिका दिन नेपाली कांग्रेस मोरङले शोक सभा आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा शोक सभा आयोजना गर्न लागिएको हो ।
प्रजातान्त्रीक योद्धा तथा नेपाली कांग्रेस मोरङका पूर्व सभापति अशोक कोइरालाको ९ औं पुण्य तिथिका दिन चैत १३ गते दिउँसो १ बजे जिल्ला पार्टी कार्यालय मोरङमा शोकसभा आयोजना गर्न लागिएको नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए ।
शोक सभामा सहभागि हुन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, सुजाता कोइराला,डा.शेखर कोइराला लगायतका केन्द्रीय नेताहरू सहभागी हुनेछन् ।