विराटनगर १२ चैत्र ।
युटुवमा हजारौ दर्शकहरुले रुचाएको होली गीत “धनिया के होली” नामक एल्वम बुधबार विराटनगरमा विमोचन गरिएको छ । सुमित खड्का र दीपाश्री निरौलाद्धारा गाइएको होली गीतको एल्वम प्रदेश न.१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विमोचन गरेका छन् । सिने अभिनेतृ दीपाश्री निरौला र गायक सुमित खड्काको यो गीत अत्यन्त चर्चित भएको छ । युटुव लगायतका सामाजिक सन्जालमा छाएको छ भने धेरै स्रोताहरुले मनपराएको देखिन्छ ।
कार्यक्रममा न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेलले एल्वममा विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा समाजसेवी तथा उद्योगी बेनीगोपाल मून्दडा,नन्दकिशोर राठी,पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेल,पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल,कांग्रेस नेतृ सुनिता घिमिरे,कांग्रेस युवा नेता कृष्ण कार्की,बैश्य युवा समाजका अध्यक्ष गणेश साह लगायतको सहभागिता रहेको थियो ।